ईश्वर प्रार्थना

'यस धर्तीमा पाप बढेर, संकट पर्ला जैले' ।
'रुप धरेर आउँछु भन्थ्याै', प्रभु तिमी आउने कैले ?

ब्याप्त सबैतिर हत्या हिंसा, लाेभ घमण्ड बढ्यो ।
लुटाैं कसरी अरुकाे भन्ने, मनुमा साेच गढ्याे ।।
भयाे मनुष्य, आफु बाँच्न मै, सार्थक ठान्ने अैले ।
'रुप धरेर आउँछु भन्थ्याै', प्रभु तिमी आउने कैले ?

भुल्याे मनुले पूजापाठहरु, भुल्याे संस्कृति धर्म ।
मात्र ध्यान भाे धनमा उस्काे, बिर्स्याे मानव कर्म ।।
स्वार्थी अति भाे मानवजाती, थिएन यस्तो पैले ।
'रुप धरेर आउँछु भन्थ्याै', प्रभु तिमी आउने कैले ?

सृष्टिभरिकाे उत्तम मान्छे, अतिशय क्रुर भयाे ।
माया, ममता, दया बिर्सियाे, मदले चुर भयाे ।।
'आऊ प्रभु अब धर्म बचाऊ', बिन्ति चढाएँ मैले ।
'रुप धरेर आउँछु भन्थ्याै', प्रभु तिमी आउने कैले ?

'यस धर्तीमा पाप बढेर, संकट पर्ला जैले' ।
'रुप धरेर आउँछु भन्थ्याै', प्रभु तिमी आउने कैले ?
                                        ✍️ मुरामि

Comments

Popular posts from this blog

पिता धर्मः पिता स्वर्गः ..... सर्वतीर्थमयी माता

भजन/श्लोक (भावानुवाद)

नियात्रा : बाघ बस्ने अँध्यारो गुफाभित्र पस्दा...