Posts

Showing posts from April 19, 2020

कुलदेवता पूजा बिधि र गाेदान बिधि

Image
 ✍ मुरारीराज मिश्र बैशाख शुक्लपक्ष अक्षयतृतीयाका दिन हुँदै आएकाे मिश्रबन्धुहरुकाे कुलदेवताकाे पूजा विधि; ( नाेट : पूजा गर्ने शैली, संस्कार, चलन र विधि आआफ्नै हुन्छ । तापनि, आफ्नाे सहजताकाे लागि मैले याे तैयार गरेकाे हुं । याे अकाट्य हैन । ईच्छुकले अपनाउन सक्नुहुन्छ । देवताकाे पूजा भनेकाे प्रेम हाे, प्रेममा समर्पण हुन्छ । मन्त्र याैटा माध्यम हाेला, तर भाव र भक्ति सबैभन्दा ठूलाे कुरा हाे । यस्मा थपघटकाे लागि सबैकाे सुझाव अपेक्षित छ । - मुरामि) पूजाको दिन सर्वप्रथम कर्ताले स्नान गरि शुद्ध बस्त्र लगाउने। पञ्चगव्य सेेेेवन गर्नेे र पञ्चगव्य नपाएमा तामाको भाँडामा कुश, जल, सुन राखी तयार गरिएको शुद्ध जल सेचनप्राशन गर्ने। पूजाका लागि आबश्यक सबै प्रकारका पूजा सामाग्रीहरु, भाँडाकुँडाहरु विभिन्न फलफूल लगायत पाक्य नैवैद्यहरु (बिशेष गरि बाबरी, जाै काे सातु र सर्वत), वस्त्र, भेटी र आफ्नाे चलन अनुसारका अन्य सामाग्रीहरु तैयार गर्ने । पूजास्थल धाेईपखाली, पुछी चाेख्याउने ।  हाम्रो परम्परा अनुसार हाम्रो कूलदेवता (वायुदेवता) लाई महिलालेे हेर्न नहुने भएकाले पूजाकाे सुरुवात देखि पूज