कुलदेवता पूजा बिधि र गाेदान बिधि
✍ मुरारीराज मिश्र
बैशाख शुक्लपक्ष अक्षयतृतीयाका दिन हुँदै आएकाे मिश्रबन्धुहरुकाे कुलदेवताकाे पूजा विधि;
(नाेट: पूजा गर्ने शैली, संस्कार, चलन र विधि आआफ्नै हुन्छ । तापनि, आफ्नाे सहजताकाे लागि मैले याे तैयार गरेकाे हुं । याे अकाट्य हैन । ईच्छुकले अपनाउन सक्नुहुन्छ । देवताकाे पूजा भनेकाे प्रेम हाे, प्रेममा समर्पण हुन्छ । मन्त्र याैटा माध्यम हाेला, तर भाव र भक्ति सबैभन्दा ठूलाे कुरा हाे । यस्मा थपघटकाे लागि सबैकाे सुझाव अपेक्षित छ । - मुरामि)
पूजाको दिन सर्वप्रथम कर्ताले स्नान गरि शुद्ध बस्त्र लगाउने।
पञ्चगव्य सेेेेवन गर्नेे र पञ्चगव्य नपाएमा तामाको भाँडामा कुश, जल, सुन राखी तयार गरिएको शुद्ध जल सेचनप्राशन गर्ने।
पूजाका लागि आबश्यक सबै प्रकारका पूजा सामाग्रीहरु, भाँडाकुँडाहरु विभिन्न फलफूल लगायत पाक्य नैवैद्यहरु (बिशेष गरि बाबरी, जाै काे सातु र सर्वत), वस्त्र, भेटी र आफ्नाे चलन अनुसारका अन्य सामाग्रीहरु तैयार गर्ने । पूजास्थल धाेईपखाली, पुछी चाेख्याउने ।
हाम्रो परम्परा अनुसार हाम्रो कूलदेवता (वायुदेवता) लाई महिलालेे हेर्न नहुने भएकाले पूजाकाे सुरुवात देखि पूजा पश्चात् देवतालाई पूर्वस्थानमा नराख्नुन्जेल महिला वाहेक ब्रतवन्धकर्म भएका मिश्रकूलका पुरुष सदस्यहरुले मात्र पूजा गर्नु पर्ने हुन्छ । तर, कुलदेवताकाे जल-प्रसाद नैवैध्य भने बिवाहिता छाेरीचेली बाहेकका सबै मिश्र महिलासदस्यले पनि ग्रहण गर्न हुन्छ ।
पूजाकाे सुरुमा: पूजास्थलमा अष्टदल सहित रेखी बनाउने ।
कर्मपात्र स्थापना
कर्ताले हातगोडा धोई मुख कुल्ला गरी शुद्ध वस्त्र पहिरिएर चोखो भइकन पूजा गर्ने स्थानमा आएर पूर्व फर्की कुशको ओैँठी धारण गरि कुशासनमा बस्ने र तीनपटक शुद्ध जल आचमन गर्ने अनि
ॐ आधारशक्तये नमः भनेर आफ्नो अगाडि भूँईमा फूल, कुश र अक्षताहरू चढाएर त्यसमाथि तामाको कर्मपात्रो राखि त्यसमा क्रमैले तलका मन्त्रहरूद्वारा पवित्र कुश, जल, चन्दन, अक्षता, फूलहरू राखेर कर्मपात्र तयार गर्ने ।
पवित्र र कुश राख्ने मन्त्र;
ॐ पवित्रेस्थो वैष्णव्यौ सवितुर्वः प्रसव उत्पुनाम्यछिद्रेण पवित्रेण सूर्यस्य रश्मिभिः । देवीरापोऽअग्रे गुवोऽअग्रे पुवोग्रऽइममद्य यज्ञन्नयताग्रे यज्ञपतिंः सुधातुं यज्ञपतिन्देवयुवम् । ।
जल राख्ने मन्त्र;
ॐ शन्नो देवीरभिष्ट्य ऽ आपो भवन्तु पीतये ।
शंयोरभि स्रवन्तु नः । ।
चन्दन राख्ने मन्त्र;
ॐ गन्धद्वारां दुराधर्षां नित्यपुष्टां करीषिणीम् ।
ईश्वरीं सर्वभूतानां तामिहोपह्वये श्रियम् । ।
अक्षता राख्ने मन्त्र;
ॐ अक्षन्नमीमदन्त ह्यवप्रियाऽअधूषत ।
अस्तोषत स्वभानवो विप्रानविष्ठयामती योजान्वीन्द्रते हरी ।
जौ राख्ने मन्त्र;
ॐ यवोसि यवयास्मद्द्वेषो यवयारातीः ……….
तिल राख्ने मन्त्र;
ॐ तिलोसि सोमदेवत्यो गोसवो देवनिर्मितः ।
प्रत्नमद्भि पृक्तः स्वधया पितृंल्लोकान् प्रीणाहि नः स्वाहा । ।
फूल राख्ने मन्त्र;
ॐ श्रीश्चते लक्ष्मीश्च पत्न्यावहोरात्रे पाश्र्वे नक्षत्राणि रूपमश्विनौ व्यात्तम् ।
ईष्णन्निषाणा मुम्मऽइषाण सर्वलोकम्म इषाण । ।
कर्मपात्रको जल अभिमन्त्रण
कर्मपात्रबाट तीन टुक्रा कुश लिएर सर्वप्रथम त्यसले कर्मपात्रको जललाई चलाएर तलका मन्त्रले अभिमन्त्रण गर्ने –
ॐ यद्देवा देवहेडनन्देवासश्चकृमावयम् ।
अग्निर्मा तस्मादेनसो विश्वान्मुञ्चत्वं हस । ।
ॐ यदि दिवा यदि नक्तमेनांसि चकृमावयम् ।
वायुर्मा तस्मादेनसो विश्वान्मुञ्चत्वं हसः ।
ॐ यदि जाग्रद्यदि स्वप्नऽएनांसि चकृमावयम् ।
सूर्योर्मा तस्मादेनसो विश्वान्मुञ्चत्वं हसः । ।
त्यसपछि त्यसकाे तीनटुक्रा कुशले
"ॐ अपवित्रः पवित्रो वा सर्वावस्थां गतोऽपि वा ।
यः स्मरेत्पुण्डरीकाक्षं स बाह्याभ्यन्तरः शुचिः ॥"
भन्ने मन्त्राेच्चारण गरि आफ्नो शिरमा र कर्म गर्ने स्थानकाे वरिपरि समेत सेचन गर्ने र पुनः जल लिई तलको संकल्प गर्ने –
कुलदेवता पूजा संकल्प
हरिः ॐ हरिः ॐ हरिः ॐ ॐ तत्सत् ॐ तत्सत् ॐ तत्सत् विष्णुः विष्णुः विष्णुः श्रीमद्भगवतो महापुरुषस्य विष्णोराज्ञया प्रवर्तमानस्य सकलजगत्सृष्टिकारिणो ब्रह्मणो द्वितीयपराद्र्धे श्रीश्वेतवाराहकल्पे वैवस्वत मन्वन्तरे अष्टाविंशतितमे कलियुगे कलियुगस्य प्रथमचरणे भारतवर्षे भरतखण्डे जम्बूद्वीपे आर्यावर्तान्तर्गते हिमवद्दक्षिणेपाश्र्वे श्रीपशुपति गुह्यकालादि उत्तरदिशे वाग्मति समिपे कुमारीगालनाम ग्रामस्थाने पुण्यभूमाै (वा अाफुले पूजा गर्न बसेकाे स्थानकाे नाम मिलाउने) बौद्धावतारे षष्टिसंवत्सराणां मध्ये प्रमादीनाम्नि संवत्सरे यथाअयने वसन्तऋर्ताै बैशाखमासे शुक्लपक्षे रविवासरे तृतीयातिथौ मेषराशिस्थिते उत्तरायणे श्रीसूर्यनारायणे यथाराशिस्थिते चन्द्रमसि यथाराशिस्थिते देवगुरौ शेषेषु ग्रहेषु यथायथास्थानस्थितेषु सत्सु एवं ग्रहगुणविशेषणविशिष्टायां अक्षयतृतीयापुण्यतिथौ अत्रिगोत्रोत्पन्नस्य त्रिप्रवरस्य मुरारीराज शर्मणेनाम्याे (अाफ्नाे नाम भन्ने) मम सभार्यस्य सपुत्रस्य सकुटुम्बस्य सवंशस्यायुरारोग्यैवर्योत्तरोत्तरहर्षविजयोदयपूर्वकदारिद्रयदुःखदुर्भिक्षदौर्मनस्यदौर्भाग्यो–पसर्गमहामारी त्रासोल्कापात निर्घात भूकम्पादिसूचित दोषग्रह भूतादिदोष देवीदेवतादिदोष नागादिदोष अल्पमृत्यु अकालमृत्युदोषो पशमनार्थं, दुःस्वप्न–सुस्वप्नतावाप्तिपूर्वक बालग्रहदशान्तर्दशा गोचरदशा दोषोपशान्त्यर्थं, बाह्याभ्यन्तरज्वराति सारापस्मारश्वासकास–कुष्ठार्बुदैड्सादिसमस्त शारीरिकमानसिकरोगाणां झटितिनिवृत्तिपूर्वका रोग्यावाप्तये, कुलदेवताप्रीतिद्वारा मनोवान्छासिद्ध येच दीपकलशयोः पूजां विधाय कलशमुखे समेषां देवीदेवानां पूजनपुरःसरं स्थापितकुलदेवतानां पूजनञ्चाहं करिष्ये ।
यति भनी कुशका टुक्रा भुईंमा छाडिदिने।
अर्ध्य स्थापना :
अर्घमा "गंगे च यमुने चैव गोदावरी सरस्वती।
नर्मदे सिन्धु कावेरी जलेf अस्मिन् सन्निधिम् कुरु।।"
भन्ने मन्त्राेच्चारण सहित जल हाल्ने । अनि दूध, पञ्चामृत, दुवाे र केरा समेत राखी अबिर, केसरी, जाै तील, फूल चढाइ पूजा गर्ने । धेनुमुद्रा देखाउने ।
दीपपूजा विधि
पहिले शंख, घण्ट बजाई चारैतिर सरस्यूं छर्कने ।दीयाे जगाउने अनि फूल अक्षताहरू लिएर तलको मन्त्रले दियोमा आवाहन गर्ने –
ॐ दीपनारायण इह आगच्छ इह तिष्ठ मम पूजां गृहाण, यावत् पूजां करोमि तावत् त्वं सुस्थिरो भव सुवरदो भव ।
त्यसपछि–
ॐ पृष्ठोदिवि पृष्ठोऽग्निः पृथिव्यां पृष्ठो विश्वा ओषधीराविवेश ।
वैश्वानरः सहसा पृष्ठोऽअग्निः सनोदिवा सरिषस्पातु नक्तम् ।
ॐ नमोस्त्वनन्ताय सहस्रमूर्तये
सहस्रपादाक्षिशिरोरुबाहवे ।
सहस्रनाम्ने पुरुषाय शाश्वते
सहस्रकोटि युगधारिणे नमः ।
भन्ने मन्त्र पढेर
ॐ “कर्मसाक्षिणे दीपनारायणाय नमः”
भनी पाद्यं (जल), अघ्र्यं (अर्घ), आचमनीयम् (जल) स्नानीयं (स्नानको निमित्त शुद्ध जल) पञ्चामृतं (पञ्चामृत), गन्धं (श्रीखण्डचन्दन), अक्षतां (अक्षता), पुष्पं (फूल) नैवेद्यानि (अनेकौं खाले नैवेद्य), दक्षिणाद्रव्यं (भेटी) चढाउने।
अनि तलका मन्त्रहरूद्वारा नमस्कार गर्ने –
ॐ नमः कमलनाभाय नमस्ते जलशायिने ।
नमस्ते कौशवानन्त वासुदेव नमोऽस्तुते ।
ॐ शुभं भवतु कल्याणमारोग्यं सुखसम्पदः ।
सर्वदुःख(शत्रु) विनाशाय दीपज्योतिर्नमोऽस्तुते ।
कलशस्थापन विधि
हातमा फूल अक्षताहरू लिएर सर्वप्रथम
“ॐ भूरसि भूमिरसि” भन्ने मन्त्र पढेर भूमिमा छुने, अनि अष्टदलकमलको रेखीमाथि
“ॐ धान्यमसि” भन्ने मन्त्र पढेर धानको टपरी राख्ने, त्यसपछि “ॐ आजिघ्रकलशम्” भन्ने मन्त्रले धानको टपरीमाथि जलपूर्णकलश राख्ने, अनि त्यो कलशमा “ॐ वरुणस्योत्तम्भनमसि” भन्ने मन्त्रले गङ्गाजलहरू हाल्ने, अनि “ॐ या ओषधी”: भन्ने मन्त्रले सर्वौषधिहरू (मुरा, जटामसी, बोझो, कूट, पत्थरकुंकुम, चुत्रो, हलेदो, कच्चुर, नागरमोथे, चाँप अथवा सेतो सस्र्यूं) हाल्ने, अनि “ॐ हिरण्यगर्भः” भन्ने मन्त्रले पञ्चरत्न (सुन, चाँदी, मुगा, मोती, राजावर्त) अथवा सुन, हीरा, पद्मराग, नीर, मोती हाल्ने वा द्रव्य हाल्ने ।
“ॐ गन्धद्वाराम्” भन्ने मन्त्रले सेतो र रातो श्रीखण्ड चन्दन, काँचो अबीर हाल्ने,
“ॐ काण्डात् काण्डात्” भन्ने मन्त्रले सेतो र कालो दूवो हाल्ने, “ॐ स्योनापृथिवी” भन्ने मन्त्रले सप्तमृत्तिका (तवेला, गोठ, धमिरा, हात्तीसार, चौबाटा, राजद्वार, दोभानका साथै मतान्तर अनुसार दहको समेत शुद्ध माटो) हाल्ने, अनि “ॐ अश्वत्थेव” भन्ने मन्त्रले पञ्चपल्लव (वर, पीपल, डुम्री, पाखरी, आँप, चाँपको पात) हाल्ने, अनि “ॐ बृहस्पते” भन्ने मन्त्रले कलशलाई रातो वस्त्रले बेरिदिने, अनि फूल अक्षता लिएर “ॐ तत्वायामि” भन्ने मन्त्र पढ्ने, अनि
“साङ्ग सपरिवार वरुण इह आगच्छ इह तिष्ठ मम पूजां गृहाण, यावत्पूजां करोमि, तावत् त्वं सुस्थिरो भव सुप्रसन्नोभव सुवरदो भव” भनी फूल, अक्षता चढाउने, यसरी आवाहन गरी आसनं (दुईटा टुक्रा कुश), पाद्यं (जल), अघ्र्यं (अर्घ) आचमनीयं (जल), पञ्चामृतं (पञ्चामृत), स्नानीयं (स्नानको लागि जल), शुद्धोदकस्नानम् (शुद्ध जल), वस्त्रम् (वस्त्र), गन्धम् (श्रीखण्डचन्दन), अक्षताम् (अक्षता), सिन्दूरं (अबीर), यवतिलान् (जौतिल), सर्षपान् (सेतो सस्र्यूं), पुष्पाणि
(अनेक सुगन्धित फूलहरू), द्राक्षादीनि नैवेद्यानि (दाख आदि नैवेद्यहरू), ताम्बुलं (धर्मशास्त्र अनुसारको ताम्बुल), द्रव्यं (भेटी) सपरिवाराय वरुणाय समर्पयामि भनी क्रमशः मन्त्र पढेर चढाउने, दशधूपं (दश किसिमका) धूपहरू, कर्पूरदीपं कपूर राखेको बत्ती र धूप बालिदिने अनि फूल, अक्षताहरू दाहिने हातमा लिएर
“ॐ वरुण त्वं महाभाग सर्वदेवप्रपूजित ।
वितते मम यज्ञेऽस्मिन्नविघ्नं कुरु सर्वदा” भनी प्रार्थना गर्ने । फेरि फूल अक्षताहरू लिएर कलशको मुखमा गङ्गादि तीर्थहरूको
“ॐ सर्वे समुद्रा”: भन्ने मन्त्रले आवाहन गर्ने, अनि
“ॐ”कलशस्य मुखे विष्णु कंठे रुद्र समाश्रिता:
मूलेतस्य स्थितो ब्रह्मा मध्ये मात्र गणा स्मृता:।
कुक्षौतु सागरा सर्वे सप्तद्विपा वसुंधरा,
ऋग्वेदो यजुर्वेदो सामगानां अथर्वणा:
अङेश्च सहितासर्वे कलशन्तु समाश्रिता:।’’
भन्ने मन्त्रले कलशमा छोएर अभिमन्त्रण गर्ने, अनि
"देवदानवसंवादे मथ्यमाने महोदधौ ।
उत्पन्नोऽसि तदा कुम्भ विधृतो विष्णुना स्वयम् ॥
त्वत्तोये सर्वतीर्थानि देवाः सर्वे त्वयि स्थिताः।
त्वयि तिष्ठन्ति भूतानि त्वयि प्राणाः प्रतिष्ठिताः ॥
शिवः स्वयं त्वमेवासि विष्णुस्त्वं च प्रजापतिः ।
आदित्या वसवो रुद्रा विश्वे देवाः सपैतृकाः ।।
त्वयि तिष्ठन्ति सर्वेऽपि यतः कामफलप्रदाः ।
त्वत्प्रसादादिमं यज्ञं कर्तुमीहे जलोद्भव ॥
सांनिध्यं कुरु देवेश प्रसन्नो भव सर्वदा"
भन्ने मन्त्रहरूले कलशको प्रार्थना गर्ने ।
अनि कलशको मुखमा फेरि गणपत्यादिपाञ्चायतनेभ्यो नमः,
सूर्यादिनवग्रहेभ्यो नमः, विनायकादिपञ्चलोकपालेभ्यो नमः, ईश्वराद्यधिदेवेभ्यो नमः,
अग्न्यादिप्रत्यधिदेवेभ्यो नमः,
इन्द्रादिदशदिक्पालेभ्यो नमः,
ध्रुवाद्यष्टवसुभ्यो नमः,
धात्रादिद्वादशादित्येभ्यो नमः,
वीर भद्राद्येकादशरुदे्रभ्यो नमः,
प्रजापतये नमः
भनी षोडशोपचारले पूजा गर्ने ।
गणेश पूजा विधि
निम्नअनुसार कुश, जल लिएर पढ्ने–
"हरि ॐ तत्सत् तत्सत् तत्सत् विष्णुः विष्णुः विष्णुः पूर्वोक्त सङ्कल्पसिद्धिरस्तु अत्रिगोत्रोत्पन्नस्य अत्रि, अर्चनाना, श्यावाश्वेति त्रिप्रव्ररस्य मुरारीराजशर्मणो (अाफ्नाे नाम भन्ने) मम कुलदेवतापूजाकर्मणो निर्विघ्नपरिसमाप्तिपूर्वकं स्वाभिलषितसिद्धये वंशस्य कल्याणाय च सिद्धिदातुः श्रीमन्महा गणाधिपतेर्यथालब्धोपचारैर्यथाबुद्धि कुलदेवत्वेन च पूजामहं करिष्ये"
भनी कुश, जल भुईंमा छाडिदिने। र तलको मन्त्रले आवाहन गर्ने
"ॐ गणानान्त्वा गणपतिं हवामहे प्रियाणान्त्वा प्रियपतिं हवामहे निधीनान्त्वा निधिपतिं हवामहे वसो मम । आहमजानि गर्भधमात्वमजासि गर्भधम् ।।
ॐ भूभुर्वः स्वः सिद्धिबुद्धिसहितसाङ्गसायुधसवाहनसपरिवार श्रीमन् गणाधिपते ! इहागच्छ इह तिष्ठ यावत्पूजां करोमि तावत् त्वं सुस्थिरो भव”
भनी आवाहन गर्ने ।
“निषुसीद गणपते, ज्येष्ठराजम्, नमो गणेभ्यः भन्ने मन्त्र/हरूद्वारा प्रार्थना गर्ने । अनि
ॐ नमः सिद्धिबुद्धिसहिताय साङ्गाय सायुधाय सवाहनाय सपरिवाराय श्रीमते गणाधिपतये इदमासनम् (कुशको टुक्रा), पाद्यम् (जल) अघ्र्यम् (अर्घ), आचमनीयम् (जल), स्नानीयम् (जल), पुनराचमनीयम् (जल), वस्त्रम् (वस्त्र), यज्ञोपवीतम् (जनै), चन्दनम् (श्रीखण्ड चन्दन), दूर्वाक्षतान् (दूबो र रातो अक्षता), पुष्पाणि (फूल), धूपं (धूप), दीपम् (बत्ती), नैवेद्यम् (नैवेद्य), पूंगीफलम् (सुपारी), दक्षिणां (भेटी द्रव्य) समर्पयामि भनी क्रमशः अर्पण गर्ने ।
गं गणपतये नमः” भनी पूजा गर्ने।
नैवेद्यमा पाएसम्म लड्डू चढाउने । अनि नरिवल, केरा आदि फलहरू बोहतामा राखेर तलको मन्त्रले चढाउने–
“ॐ रक्ष रक्ष गणाध्यक्ष रक्ष त्रैलोक्यरक्षक । भक्तानामभयंकर्ता त्राता भव भवार्णवात् ।।
द्वैमातुरकृपासिन्धो षाण्मातुर जगत्प्रभो । वरदस्त्वं वरं देहि वाञ्छितं वाञ्छितार्थद ।
अनेन फलदानेन सफलोऽस्तु सदा मम ।।”
अनि तलका मन्त्रहरूले प्रार्थना गर्ने–
“सुमुखश्चैकदन्तश्च कपिलो गजकर्णकः ।
लम्बोदरश्च विकटो विघ्ननाशो गणाधिपः ।
धूम्रकेतुर्गणाध्यक्षो भालचन्द्रो गजाननः ।
द्वादशैतानि नामानि यः पठेच्छृणुयादपि । ।
वक्रतुण्ड महाकाय कोटिसूर्य समप्रभ ।
अविघ्नं कुरु मे देव प्रसन्नो भव सर्वदा । ।”
कुलदेवता–पूजा–विधि
अब कुलका सबै देवताहरूलाई याे मन्त्रद्वारा अावाहन गर्ने –
“ॐ सहस्रशीर्षा पुरुषः सहस्राक्षः सहस्रपात् ।
स भूमिं सर्वतस्पृत्वा त्यतिष्ठदशांगुलम् ।
यूयं इह आगच्छथ, इह तिष्ठथ यावत् पूजां करोमि तावत् यूयं सुस्थिरा भवथ, सुप्रसन्ना भवथ सुवरदा भवत”
भनेेर कुलदेवता/वायुदेवताहरूको नाम उच्चारण/आवाहन गर्ने ।
अनि कुलदेवतालाई "आसनं समर्पयामि"
भनेर कुशका टुक्राका आसन राखिदिने ।
अनि कुलदेवताकाे मूर्ति (मूर्ति नभए द्रव्यलाई कुलदेवताकाे प्रतिमूर्ति मानेर) स्थापना गर्ने ।
अब स्नान गराउने:
पाद्य चल चढाउने मन्त्र– (पाद्यं समर्पयामि)
ॐ पुरुष एवेदं सर्वंयद् भूतं यच्च भाव्यम् ।
उतामृतवस्येशानो यदन्नेनातिरोहति । ।
ॐ एतावानस्य महिमातो ज्यायाँश्चपूरुषः पादोऽस्य विश्वाभूतानि त्रिपादस्यामृतन्दिवि ।
अघ्र्य चढाउने मन्त्र– (अघ्र्यं समर्पयामि)
ॐ त्रिपादूदध्र्वउदैत्पुरुषः पादोस्येहाभवत्पुनः ।
ततो विष्वङ्व्यक्रामत्साशनानशनेऽअभि ।।
आचमनीयजलचढाउने मन्त्र:
ॐ ततो व्विराडजायत व्विराजोऽअधिपूरुष ।
सजातोऽअत्यरिच्यत पश्चात् भूमिमथो पुरः ।।
पञ्चामृत चढाउने: (पञ्चामृत समर्पयामि)
ॐ पयः पृथिव्यां पय ओषधीषु पयो दिव्यन्तरिक्षे पयोधा । पयः स्वतीः प्रदिशः सन्तु मह्यम् ।”
कामधेनुसमुद्भूतं सर्वेषां जीवनं परम् ।
पावनं यज्ञहेतुश्च पयःस्नानार्थमर्पितम् ।”
स्नानीय जल चढाउने मन्त्र– (स्नानजलं समर्पयामि)
ॐ तस्माद्यज्ञात्सर्वहुतः संभृतं पृषदाज्यम् ।
पशूँस्तांश्चक्रे वायव्यानारण्या ग्राम्याश्चये ।
अब मूर्तिलाई कपडाले पुछेर तलकाे मन्त्रद्वारा वस्त्र/गहना पहिर्याउने – (वस्त्रं समर्पयामि)
ॐ तस्माद्यज्ञात्सर्वहुतऋचः सामानि जज्ञिरे ।
छन्दासिं जज्ञिरे तस्माद्यजुस्तस्मादजायत ।।
अबिर, केसरी, सिन्दुर, चन्दन चढाउने मन्त्र– (श्रीखण्डचन्दनं समर्पयामि)
ॐ तं यज्ञम्बर्हिषिप्रोक्षन्पुरुषञ्जातमग्रतः ।
तेन देवाऽ अयजन्त साध्याऽऋषयश्च ये ।
जाै, तील, अक्षता समेत चढाउने ।
फूल चढाउने मन्त्र– (पुष्पं समर्पयामि)
ॐ यत्पुरुषं व्यदधुः कतिधाव्यकल्पयन् ।
मुखङ्किमस्या सीत्किम्बाहू किमूरू पादा उच्च्येते ।।
भेटी चढाउने :
द्रव्यं समर्पयामी कुलदेवताभ्याे: नम:
धूप बाल्ने मन्त्र– (धूपं समर्पयामि)
ॐ ब्राह्मणोऽस्य मुखमासीद्वाहूराजन्यः कृतः ।
ऊरू तदस्य यद्वैश्यः, पदाभ्यां शूद्रोऽजायत ।।
कपुर/बत्ती बाल्दा पढ्ने मन्त्र– (दीपं समर्पयामि)
"ॐ चन्द्रमा मनसो जातश्चक्षोः सूर्योऽअजायत ।
श्रोत्राद्वायुश्च प्राणश्च मुखादग्निरजायत ।।"
नैवेद्य चढाउँदा पढ्ने मन्त्र– (नानाविधं नैवेद्यं समर्पयामि)
ॐ नाभ्याऽऽआसीदन्तरिक्षं शीष्र्णो द्यौः समवर्तत । पद्भ्यां भूमिर्दिशः श्रोत्रान्तथालोकाँऽअकल्पयन् ।।
नानाविधानि नैवेद्यानि समर्पयामि ।
नमस्कार गर्ने मन्त्र– (कुलदेवताभ्यो नमस्करोमि) भनी तलको मन्त्रले ढोग्ने –
ॐ यत्पुरुषेण हविषा देवा यज्ञमतन्वत ।
वसन्तोऽस्यासीदाज्यं ग्रीष्म इध्मः शरद्धविः ।
प्रदक्षिणा गर्ने मन्त्र– (प्रदक्षिणां करोमि)
ॐ सप्तास्यासन्परिधयस्त्रिः सप्तसमिधः कृताः ।
देवा यद्यज्ञन्तन्वानाऽअवध्नन्पुरुषं पशुम् ।।
अब, पुष्पाञ्जली लिएर मन्त्र पाठ गर्ने;
"यं ब्रह्मावरुणेन्द्ररुद्रमरुतः स्तुन्वन्ति दिव्यैः
स्तवै र्वेदैः साङ्गपदक्रमोपनिषदैर्गायन्ति यं सामगाः ।।
ध्यानावस्थिततद्गतेन मनसा पश्यन्ति यं योगिनो यस्यान्तं न विदुः सुरासुरगणाः देवाय तस्मै नमः।।
**
मूकं करोति वाचालं पंगुं लंघयते गिरिम् ।
यत्कृपा तमहं वन्दे परमानन्दमाधवम् ॥
... अादि मन्त्राेच्चारण सहित पुष्पाञ्जली समर्पयामी श्री कुलदेवताय: नम: भनेर पुञ्पाञ्जली समर्पण गर्ने ।
अब कुलदेवताकाे अन्तिम नमस्कार र हातमा फूल लिएर तलकाे मन्त्र पढि क्षमाप्रार्थना गर्ने ।
"त्वदीयं वस्तु गोविन्द तुभ्यमेव समर्पितम्।
गृहाण सम्मुखो भूत्वा प्रसीद परमेश्वर ।।
आवाहनं न जानामि न जानामि विसर्जनम्।
पूजां चैव न जानामि क्षम्यतां परमेश्वर ।।
मन्त्रहीनं क्रियाहीनं भक्तिहीनं सुरेश्वर ।
जपहाेमञ्च नेहितं क्षम्यतां परमेश्वर।।
चदक्षरपद भ्रष्ट मात्राहीनं च यद्भवेत् ।
तत्सर्व क्षम्यतां देव ! प्रसीद परमेश्वर।।
अनि तलकाे मन्त्रद्वारा अर्घ दिने
"ॐ ऐही सूर्यदेव सहस्त्रांशो तेजो राशि जगत्पते।
अनुकम्पय मां भक्त्या गृहणाध्र्य दिवाकर:।।"
तत्पश्चात् अाैंठी फुकाल्ने, कर्मपात्रका सबै कुशहरु र भेटी हातमा लिएर तलकाे मन्त्रद्वारा पूजा विसर्जन गर्ने
"कायेन वाचा मनसेन्द्रियर्वा
बुद्ध्यात्मना वा प्रकृति: स्वभावात् ।।
करोमि यद्यत्सकलं परस्मै ।
नारायणयेति समर्पयामि ॥"
(यति भनेर कुलदेवतालाई चढाउने)
अब,
"ॐ गच्छ गच्छ सुरश्रेष्ठ स्वस्थाने परमेश्वर ।
यत्र ब्रम्हादयो देवा: तत्र गच्छ हुताशन ।।"
भनेर चारैतिर फूल अक्षता चढाएर सबै देवताहरुलाई बिदा गर्ने ।
अब कुलदेवतालाई ढाेगेर पूर्वस्थानमा राख्ने अनि कलश र कर्मपात्रकाे जल मिसाएर तलको मन्त्रद्वारा साे जलले अभिषेक गर्ने:
"ॐ द्यौ: शान्तिरन्तरिक्ष शान्ति:,
पृथ्वी शान्तिराप: शान्तिरोषधय: शान्ति:।
वनस्पतय: शान्तिर्विश्वे देवा: शान्तिर्ब्रह्म शान्ति:,
सर्वँ शान्ति:, शान्तिरेव शान्ति:, सा मा शान्तिरेधि॥
ॐ स्वस्ति न इन्द्रो वृद्धश्रवाः।
स्वस्ति नः पूषा विश्ववेदाः।
स्वस्ति नस्तार्क्ष्यो अरिष्टनेमिः।
स्वस्ति नो ब्रिहस्पतिर्दधातु ॥
ॐ शान्तिः शान्तिः शान्तिः"
यसपछि टीका, प्रसाद लगाउने र
"अकाल मृत्यु-हरणं सर्व व्याधि-विनाशनम्।
कुल्देव् पादोदकं पीत्वा पुनर्जन्म न विध्यते।"
भन्ने मन्त्र पढ्दै, जल नैवैद्य ग्रहण गर्ने ।
***समाप्त***
*************************************
गाैदान विधि:
सर्वप्रथम दुनामा गाेदानकाे लागि गाईस्वरुप सम्झेर पैसा र ३ टुक्रा कुश राख्ने । दुनामा राखेकाे रकमको कम्तीमा दशाशं रकम (दान प्रतिष्ठा) दुना अगाडिको भुईंमा बाच्छाे सम्झेर राख्ने ।
कुशासनमा बस्ने ।
कुशकाे आौंठी धारण गर्ने ।
हस्ताै पादाै प्रछाल्य हात खुट्टामा जल छर्कने ।
ॐ केशवाय नमः स्वाहा । ॐ नारायणाय नमः स्वाहा । माधवाय नमः स्वाहा ।
भन्दै ३ पटक आचमन गर्ने ।
ॐ गोविन्दाय नमः हस्तं प्रक्षालयामि भनेर हात धुने ।
दुनाकाे पैसालाई चन्दन, अक्षता, जाै, तील, फूलले पूजा गर्ने ।
ॐ नमो गोभ्यः श्रीमतीभ्यः सौरभेयीभ्य एव च ।
नमो ब्रह्मसुताभ्यष्च पवित्राभ्यो नमो नमः ।।
गावो ममाग्रतः सन्तु गावो मे सन्तु पृष्ठतः ।
गावो मे हृदये सन्तु गवां मध्ये वसाम्यहम् ।।
ॐ इरावती धेनुमती हि भूत:£ सुयवसिनी मनवे दशस्या: व्यस्कब्भ्नाराेससी विष्णवे तेदार्धत्थ पृथिवी ममिताेमयूखै: स्वाहा ॐ गवेनम: ।
अब देब्रे हातमा अलिकति टीका, अक्षता र फूल लिएर ब्राह्मणलाई टीका लगाई दिने
ॐ आकृष्णे नरजसा वर्तमानाे निवेशयन्न मृतंमर्त्यञ्च । हिरण्य येन सविता रथेना देवाे याति भुवनानी पश्यन् ।।
नमो ब्रह्मण्य देवाय गोब्राह्मण हिताय च ।
जगत् हिताय कृष्णाय गोविन्दाय नमो नमः ॥
ॐ गोविन्दाय नमः हस्तं प्रक्षालयामि भनेर
अब हात धुने
दुनामा रहेकाे ३ टुक्रा कुशले आफ्नाे शीरमा सेचन गर्ने र भूईंमा जल छर्कने
ॐ अपवित्रः पवित्रो वा सर्वावस्थां गतोऽपि वा ।
यः स्मरेत्पुण्डरीकाक्षं स बाह्याभ्यन्तरः शुचिः ॥
आत्म शुद्धि, देह शुद्धि, बस्त्र शुद्धि ।
ॐ मनो मे तर्पयत वाचम्मे तर्पयत प्राणम्मे तर्पयत चक्षुर्म्मे तर्पयत श्रोत्रम्मे तर्पयतात्मानम्मे तर्पयत प्रजाम्मे तर्पयत पशून्मे तर्पयत गणान्मे तर्पयत गणा मे मा वितृषन् ॥
अब त्याे कुश दुनामा छाेड्ने र फेरि जाै-तील सहित दुनाकाे जल हातमा लिएर दुनामा छाेइराख्ने
हरिः ॐ हरिः ॐ हरिः ॐ ॐ तत्सत् ॐ तत्सत् ॐ तत्सत् विष्णुः विष्णुः विष्णुः श्रीमद्भगवतो महापुरुषस्य विष्णोराज्ञया प्रवर्तमानस्य सकलजगत्सृष्टिकारिणो ब्रह्मणो द्वितीयपराद्र्धे श्रीश्वेतवाराहकल्पे वैवस्वत मन्वन्तरे अष्टाविंशतितमे कलियुगे कलियुगस्य प्रथमचरणे भारतवर्षे भरतखण्डे जम्बूद्वीपे आर्यावर्तान्तर्गते हिमवद्दक्षिणेपाश्र्वे श्रीपशुपति गुह्यकालादि उत्तरदिशे वाग्मति समिपे कुमारीगालनाम ग्रामस्थाने पुण्यभूमाै (वा आफुले पूजा गर्न बसेकाे स्थानकाे नाम मिलाउने) बौद्धावतारे षष्टिसंवत्सराणां मध्ये ....... नाम्नि संवत्सरे यथाअयने ......ऋर्ताै .......मासे ......पक्षे ......वासरे ......तिथौ ......राशिस्थिते ......यणे श्रीसूर्यनारायणे यथाराशिस्थिते चन्द्रमसि यथाराशिस्थिते देवगुरौ शेषेषु ग्रहेषु यथायथास्थानस्थितेषु सत्सु एवं ग्रहगुणविशेषणविशिष्टायां .......गोत्रोत्पन्नस्य त्रिप्रवरस्य ........ शर्मणेनाम्याे (आफ्नाे नाम र गाेत्र सम्झेर मम भन्ने) मम ग्रह भूतादिदोष देवीदेवतादिदोष नागादिदोष अल्पमृत्यु अकालमृत्युदोषो पशमनार्थं, दुःस्वप्न–सुस्वप्नतावाप्तिपूर्वक ग्रहदशा गोचरदशा दोषोपशान्त्यर्थं, बाह्याभ्यन्तरज्वराति श्वासकासादिसमस्त शारीरिकमानसिकरोगाणां निवृत्ति तथा च देहशुद्धि आत्मशुद्धि तथा च (कुनै बिशेष कारण भए उल्लेख्य गर्ने) पाञ्च भौतिक स्थूल कारण शरीर सा गया इमा प्रायश्चितीभूतां गांव तथा तन्मूल्यो पकल्पित राजनामाङ्कितित द्रव्यम् बनस्पति दैवतम् ....... गाेत्रे ..... शर्मणे ब्राह्मणाय सुपुजिताय गाैदान दान तेन तुभ्यअहं सम्प्रददे ।
यति भनी कुशका टुक्रा ब्राह्मणकाे हातमा दिने ।
फूल अक्षता लिएर हात जाेडेर गाईको प्रार्थना गर्ने-
कपिले सर्व देवानां पूजनीयाऽसि रोहिणी।
तिथं देवमयी यस्मात् तस्मात् शान्ति प्रयच्छ मे॥ अ पूजितासि वसिष्टेन विश्वामित्रेणधीमता
गावो ममाग्रतः सन्तु गाँव मे सन्तु पृष्ठतः ।
गाँव मे हृदये सन्तु गावा मध्ये वसाम्यहम्॥
सुरभि हरमेपापं यन्मया दुष्कृतं कृतम्॥
भुईंकाे पैसा (बाच्छा) काे पूजा गर्ने
स्वर्ण्णधर्म्म: स्वाहा । स्वर्ण्णाक्क: स्वाहा । स्वर्ण्णशुक्क: स्वाहा । स्वर्ण्णज्याेति स्वाहा । स्वर्ण्णसूर्य्य: स्वाहा ।।
हिरण्यगर्भगर्भस्थं हेमबीजं विभावसोः । अनन्तपुण्यफलदमतः शान्तिं प्रयच्छ मे ।।
एकटुक्रा कुश सहित भुईंकाे पैसा (दान प्रतिष्ठा) लाई हातमा लिने
पूर्वाेक्त संकल्प सिद्धिरस्तु
अद्य कृतैतत् प्रायश्चित गोदान कर्मणः प्रतिष्ठा
साङ्गता सिध्यर्थम् ..... गोत्राय ..... शर्मणे
सुपूजिताय ब्राह्मणाय गाेदान दान प्रतिष्ठा त्वेन तुभ्य महं संप्रददे तत्सत् न मम ॥ ॐ स्वस्ति प्रतिवचनम् ॥
अब हातकाे पैसालाई दुनामा राखिदिने
दुनाकाे वरिपरि ३ पटक जलले घुमाउने
ॐ यानि कानि च पापानि जन्मान्तर कृतानि च । तानी सर्वाणि नश्यन्तु प्रदक्षिणा पदे पदे ।।
अब नमस्कार गर्ने
ॐ नमस्ते कपिले देवि सन्सारार्णव तारिणि ।
द्विजेन्द्राय ददामित्वां प्रसन्ना भव सर्वदा।।
ॐ कोदात् कस्मा अदात् कामोदात्।
कामायादात् कामोदाता कामः प्रतिग्रहिता कामै तत्ते।
यसपछि कर्ताले दुना नउठाई ब्राह्मण पट्टी अलिकति सारिदिने
अब ब्राह्मणले ३ टुक्रा कुश र फूल सहित दुनाकाे जलले कर्तालाई सेचन गरिदिने
द्यौः शांतिः अंतरिक्ष गुं शांतिः पृथिवी शांतिरापः
शांतिरोषधयः शांतिः। वनस्पतयः शांतिर्विश्वे देवाः शांतिर्ब्रह्म शांतिः सर्वगुं शांतिः शांतिरेव शांति सा मा शांतिरेधि।
ॐ स्वस्ति न इंद्रो वृद्धश्रवाः स्वस्ति नः पूषा विश्ववेदाः ।
स्वस्ति नस्तार्क्ष्यो अरिष्ट्टनेमिः स्वस्ति नो बृहस्पतिर्दधातु ॥
यतो यतः समिहसे ततो नो अभयं कुरु ।
शंन्नः कुरु प्राजाभ्यो अभयं नः पशुभ्यः। सुशांतिर्भवतु ॥
ब्राह्मणद्वारा कर्तालाई प्रसाद लगाईदिने ।
कर्ताले ब्राह्मणलाई दक्षिणा दिने र नमस्कार गर्ने ।
* समाप्त *
Comments
Post a Comment