Posts

Showing posts from April 2, 2023

दर्शनीय धार्मिक स्थल: हलेसी महादेव

Image
✍️ मुरारीराज मिश्र विभिन्न धार्मिक तथा सामाजिक कार्यमा सक्रिय स्थानीय सामाजिक संस्था उमामहेश्वर महिला समूहले, खाेटाङस्थित हलेसी महादेवकाे मन्दिरमा  २०७९  बैशाख २६ गतेका दिन आफ्ना सदस्य परिवारहरुबाट सामुहिकरुपमा पूजाआजा, हवन र सवालाख दीप प्रज्वलन गर्ने कार्यक्रम तय गरेको थियोे । कार्यक्रममा सहभागी हुन ईच्छुकहरुकाे नाम संकलन हुँदै रहेछ । समूहकाे सचिवकाे नाताले घरबाट श्रीमतीजीकाे त जाने तय भईसकेकाे थियोे । यसअघि एकपटक पुगिसकेको स्थान भएतापनि मेराे मनमा पुनः जाने लाेभ पलाएकाेले नाम लेखाएँ । यातायात, खाना र बसाइकाे व्यवस्थापन गर्ने जिम्मा हरिशरण तीर्थयात्रा समितिका प्राेपाइटर माेहनप्रसाद अधिकारीदाइले लिनु भएकाे रहेछ ।  सबै मिलेर पूजा, हवन र सवालाख दीप बाल्न आवश्यक सामाग्री जुटाएर, चालक र ब्यवस्थापन टीमका ६ जना, पुराेहित दुईजना सहित ५२ जना यात्रु गरि जम्मा ५८ जनालाई लिएर  २०७९  बैशाख २५ गते आइतबार बिहान २ वटा बस कुमारीगालबाट हलेसीतर्फ प्रस्थान गर्‍याे । बिहानीकाे समय बाताबरण हल्का चिसाे थियो । बाटोमा दुईदिने यात्राको लागि आवश्यक पर्ने खानेपानी किन्ने र चियापान गर्ने काम भयाे । बसमा सुमधुर भज