चैतलाेङ अर्थात् चित्लाङ पुगेर फर्केपछि …

नियात्रा : ✍️ मुरारीराज मिश्र अयाेध्या, नैमिषारण्य र वृन्दावनकाे तेह्रदिने भ्रमणबाट फर्केकाे दुई साता पनि भएको थिएन एकरातकाे लागि चित्लाङ घुम्न जाने जाने प्रस्ताव आयाे । शरीरले साथ दिएसम्म र अनुकूल मिलेसम्म घुम्न जानुपर्छ भन्ने मेरो धारणा रहेकोले साे प्रस्ताव नकार्ने कुरै भएन । पहिले पटकपटक गइसकेको ठाउँ भएतापनि सबैसँग जाँदा रमाइलो हुने भएकाले मैले जाने सहमति जनाएँ । चित्लाङका पुराना बासिन्दा पारिवारिक नाताभित्रका भाइ सुदर्शन लामिछानेले साझेदारीमा हालै नयाँ हाेमस्टे सञ्चालनमा ल्याएका रहेछन् । उनकाे हाेमस्टेकाे आतिथ्यता र आन्तरिक पर्यटन प्रवर्द्धन अन्तर्गत चित्लाङका स्थानहरूकाे अवलोकन गर्ने हाम्रो भ्रमणको मुख्य उद्देश्य थियोे । त्यहाँ जाने सवारीसाधनकाे व्यवस्था र सुदर्शन भाइसंगकाे समन्वयको काम कल्पना मिश्रबाट भएको थियोे । हामी १४ र चालकदलका २ गरि जम्मा १६ जना चित्लाङ भ्रमणमा जाने भएका थियौं । भ्रमणकाे निर्धारित दिन २०८१ साल पाैष ६ गते बिहानको खाना खाइवरी १० बजे सबैजना जम्मा भयाैं । चालक अरुण पा...