Posts

Showing posts from April 16, 2023

मुक्तकहरु - ३

Image
#मुक्तक तिम्रा लागि नयाँ फेवा नयाँ रारा बनाई दिन्छु तिम्रा लागि बेग्लै आकाश जुन तारा बनाई दिन्छु एकपटक मात्रै भन, प्रेमले मलाई "मेराे राजा" ताजमहल, रानीमहल, सारा का सारा बनाई दिन्छु केही छिन फुर्सद निकालेर, सम्बन्धहरु गाेड्नु छ बगैंचाभरी उम्रेका, झारपातकाे वर्चस्व ताेड्नु छ जति ढिला गर्‍यो उति, नाश हुने देखियो मलजलकाे अबदेखि सुगन्धहीन, बिरुवा राेप्ने बानी छाेड्नु छ । आफ्नै मान्छे बेकारमा भड्किन सक्छ खाँदा खाँदै घाँटीमा हड्डी अड्किन सक्छ  दशा लागेपछि, के हुन्छ के हुन्न भन्नु खै नभरेकाे बन्दुक पनि अचानक पड्किन सक्छ।  (वैजयन्तीमा प्रेषित) झर्काेफर्काे गरेपनि कर्के आँखा तरेपनि झन्‌झन् राम्रो लाग्दाे रैछ रिसाउँदै पर सरेपनि । पीरै पीरकाे रापले सुक्नु नपराेस् देख्छन् कि कसैले भनी लुक्नु नपराेस् खुशी खुशी बाँच्न पाईयाेस् स्वाभिमानी भै जिन्दगीमा कसै सामु झुक्नु नपराेस् ।  (वैजयन्तीमा प्रेषित) सहन्छिन् जे परे पनि, धर्ती स्वरुप हुन् आमा माग्दिनन् कहिल्यै दिन्छिन् संधै वृक्ष स्वरुप हुन् आमा  शब्द नै पुग्दैन खै के उपमा दिउँ म आमालाई  चाहे मानिस हाेस् या पशु, देवी स्वरुप हुन् आमा । हुत

माइतीकाे साँचो

Image
             ✍️ मुरारीराज मिश्र दराजमा सामान मिलाउँदै गर्दा सुजयाकाे आँखा एउटा साँचाेमा पर्‍यो । साँचाे हातमा लिँदै गर्दा उनकाे अगाडि आधा महिना अघिमात्र बित्नुभएकाे आमाका यादहरु झल्लली आउन थाले । "तिमीहरू दिनभरि घरमा हुन्नाै, काेही आएर बाेलाए पनि म कान त्यति नसुन्ने र हिंड्न नसक्ने भएकाले ढाेका खाेल्न सक्दिन । त्यसैले, मूलढाेका र भित्री रेलिङ गेटकाे एकएक वटा साँचो बनाएर सुजया दिदिलाई दे है बाबु ।" सुजयाकी आमाले आफ्नो छाेरा सुनिललाई यसरी अह्राएपछि भाइले साँचो बनाएर दिएकाे थियाे । जसले गर्दा चाहेको बेला आमालाई भेट्न सजिलो भएको थियाे । याे कुरा स्मृतिमा आउनासाथ उनको मनमा माइतीकाे ममता उर्लेर आयाे । साेचिन्, बाह्राैं दिनमा आमाको क्रियाकर्म सकेर फर्केकाे । माइतीकाे न्यास्राे लागेको छ । भाइबुहारीसंग भेटघाट भएपछि न्यास्राे पनि मेटिन्छ । आजसम्म भाइकाे क्रियाबिदा नै भएकोले गएर भाइलाई भेट्छु । ढाेकाकाे साँचाे पनि दिनु छ । माइतमा पुग्दा मूलढाेकामा ताल्चा लागेको थियो ।  उनले भाइलाई फाेन गरिन् । उसले आफू बाहिर गएकाे र फर्कन एकघण्टा जति लाग्ने बतायाे । "ठीकै छ भाइ, म संग साँचो छँदैछ,