Posts

Showing posts from October 22, 2023

लघुकथा: फजुलखर्ची

           ✍️ मुरारीराज मिश्र, श्रीमान् राेजगारीकाे क्रममा विदेशमा थिए । घरमा रमिला र चारबर्षे छाेरी मात्रै । श्रीमान्‌काे कमाई राम्रै थियो । विदेशबाट महिना महिनामा रकम पठाउँथे । राेकटाेक गर्ने काेही नभएकाले रमिला माेजमस्तीमा रकम उडाउँथिन् । लाेग्नेकाे पसिनाकाे कमाई उडाउने भई भन्ने चिन्ताले, रमिलाका छिमेकी दम्पतीले पटकपटक सम्झाउँथे । तर उनकाे कानमा बतास लाग्दैन थियोे । उल्टै, उनी हाँस्दै भन्थिन् "हाम्रै लागि कमाएका हुन् क्यारे ! कञ्जुस बनेर दुखजिलाे नगर्नु । राम्रोसँग खानु, लाउनु, रमाउनु र छाेरीलाई पढाउनु भन्नुभएको छ उहाँले पनि । बरु यसाे सरसापट चाहियाे भने अप्ठ्यारो नमान्नु हाेला है !" एकदिन छिमेकी दम्पतीले आपसमा सल्लाह गरे । उनीहरूले पनि रमिलाले मदिरा खाएकाे बेला पारेर पटकपटक उनीसँग रकम मागेर ल्याउन थाले । समय संधै एकनास कहाँ हुन्थ्यो र ! रमिलाका श्रीमान्‌‌ले पनि मन्दीका कारणले कम पैसा पठाउन थाले । रमिलाकाे बानी सुध्रेकाे थिएन । एकाेहाेराे खर्चेपछि कुवेरकाे ढुकुटी त रित्तिन्छ भने उस्काे कतिञ्जेल टिक्थ्याे र ! बचत नहुँदा छाेरीकाे स्कुलकाे शुल्क तिर्न पनि हम्मेहम्मे पर्‍य

लघुकथा: मृत्यु संस्कार

Image
 ✍️ मुरारीराज मिश्र आज बुबाको मृत्युको तेह्राैं दिन । घरमा आफन्तजन र पाहुनाहरुकाे निकै जमघट थियोे । एकातिर पुराेहितहरु धार्मिक कर्म गराईरहेका थिए भने अर्कोतिर क्याटरिङवालाहरु अनेकन परिकार पकाउँदै थिए ।  महंगा पलङ्ग, ओच्छ्यान लगायत दिवंगत पितृका मनपर्ने वस्तुहरु दान गरिएका थिए । आगन्तुकहरु, मन खाेलेर बुुबाकाे मृत्यु संस्कार गर्ने `मनकारी´ छाेरा-बुहारीकाे प्रशंसा गर्दै थिए । धार्मिक र खानपिन कार्य सकियाे । दिवंगत आत्माको मुक्तिकाे कामना गर्दै सबै फर्किए । बुबाकाे आत्मा भने, तेह्र दिन अघिसम्म आफू सुतेको चिसाे छिंडी, पातलो बिछ्यौना र छाेराबुहारीकाे ब्यवहार सम्झंदै दान गरिएका महँगा बस्तुहरु र खानाका परिकार जिल्ल परेर नियाल्दै थियोे ! (उमामहेश्वर मार्ग, कुमारीगाल, काठमाडौं -७) साहित्य पाेष्टमा प्रकाशित । https://sahityapost.com/aakhyan/short-story-aakhyan/126779/ शारदामा प्रेषित