Posts

Showing posts from March 22, 2020

भजन

कति गर्छाैं तेराे मेराे ? छैन केही स्थायी । नाङ्गै अायाैं, जानु पर्छ, खाली हातै भाई ।। दु:ख गरि कमाएको, धन, सम्पत्ति, मान । मर्ने बेला पाईंदैन, अाफ्नाे साथमा लान ।। साँच्छाैं किन यस्तो धन, अाफू खाई नखाई ? नाङ्गै अायाैं, जानु पर्छ, खाली हातै भाई ।। नाता गाेता कुटुम्ब हुन्, स्वप्न जस्तै साथी । परिवार हाे माेहजाल, नजेलिनु जाती ।। ईश्वरकै गराैं स्मरण, संधै मन लगाई । नाङ्गै अायाैं, जानु पर्छ, खाली हातै भाई ।। गृहस्थीकाे कर्म संगै, गरे उपकार । तर्ने छाैं है अवश्य नै, हामी भवपार ।। देऊन् सद्बुद्धि ईश्वर, हामी सबैलाई ! नाङ्गै अायाैं, जानु पर्छ, खाली हातै भाई ।। कति गर्छाैं तेराे मेराे, छैन केही स्थायी । नाङ्गै अायाैं, जानु पर्छ, खाली हातै भाई ।।                                        ✍ मुरामि