भजन

कति गर्छाैं तेराे मेराे ? छैन केही स्थायी ।
नाङ्गै अायाैं, जानु पर्छ, खाली हातै भाई ।।

दु:ख गरि कमाएको, धन, सम्पत्ति, मान ।
मर्ने बेला पाईंदैन, अाफ्नाे साथमा लान ।।
साँच्छाैं किन यस्तो धन, अाफू खाई नखाई ?
नाङ्गै अायाैं, जानु पर्छ, खाली हातै भाई ।।

नाता गाेता कुटुम्ब हुन्, स्वप्न जस्तै साथी ।
परिवार हाे माेहजाल, नजेलिनु जाती ।।
ईश्वरकै गराैं स्मरण, संधै मन लगाई ।
नाङ्गै अायाैं, जानु पर्छ, खाली हातै भाई ।।

गृहस्थीकाे कर्म संगै, गरे उपकार ।
तर्ने छाैं है अवश्य नै, हामी भवपार ।।
देऊन् सद्बुद्धि ईश्वर, हामी सबैलाई !
नाङ्गै अायाैं, जानु पर्छ, खाली हातै भाई ।।

कति गर्छाैं तेराे मेराे, छैन केही स्थायी ।
नाङ्गै अायाैं, जानु पर्छ, खाली हातै भाई ।।
                                       ✍ मुरामि

Comments

Popular posts from this blog

पिता धर्मः पिता स्वर्गः ..... सर्वतीर्थमयी माता

भजन/श्लोक (भावानुवाद)

नियात्रा : बाघ बस्ने अँध्यारो गुफाभित्र पस्दा...