Posts

Showing posts from December 11, 2022

प्रार्थना : गर माफ सारा चतुर्भुज हरि

 🙏प्रभु प्रार्थना🙏 न लागें म सद्-मार्ग, बाटो बिराएँ । संधै माेह मायाहरुमैं हराएँ ।। दियाै धेर तिम्ले, न कैल्यै सह्राएँ । संधै क्यै पुगेन, भनेरै कराएँ ।। न कैले दुखीलाई मैले सघाएँ । गरें गाली मात्रै लघारें, रुवाएँ ।। लिई दम्भ मनमा सधैं नै रमाएँ । अहाे ! दिव्य चाेला फगत्‌मा गुमाएँ !! न मानें कुनै धक्, कहीँ पाप गर्दा । रमाएँ अरुकाे, लुटि खल्ती भर्दा ।। तिमीलाई बिर्सें, संधै सुख पर्दा । सघाऊ मलाई, वैतरनी तर्दा ।। न डाकें तिमीलाई, आदर गरी । न राखें याे मनभित्र, श्रद्धा भरी ।। न आएँ म मन्दिर, अगाडि सरी । गर माफ सारा, चतुर्भुज हरि ।।🙏                              - मुरामि

ओझेलमा परेको पर्यटकीय क्षेत्र: इच्छाकामना

Image
✍️   मुरारीराज मिश्र                                                                                                                              प्रसिद्ध देवी मनकामनाकाे बारेमा थाहा नहुने प्रायः काेही छैनन् हाेला ! तर इच्छाकामना देवीकाे नाम बिरलै मानिसहरूले मात्रै सुनेका हाेलान्, त्यसैले त्यहाँ पुग्ने मानिसकाे संख्या पनि मनकामनाकाे तुलनामा नगण्य नै छ । प्राचीन धार्मिक महत्त्वकाे स्थान भएर पनि किन याे क्षेत्र उपेक्षित झैं छ त ? के प्रचारप्रसार नभएरै हाे त ?  इच्छाकामना मन्दिर पुगेर फर्कंदा मनमा यस्तै कुराहरू खेलिरहे । आफूले त्यहाँ पुग्दा देखेका, भाेगेका, सुनेका र केही पढेका कुराहरु लिपिवद्ध गर्न पाए यसबाट त्यहाँ जान चाहनेहरुलाई केही जानकारी मिल्न सक्न्ने ठानी यी पंक्तिहरु काेरिएका हुन् र याे आफ्नो भ्रमण अनुभवमा आधारित छ ।    इच्छाकामना देवीको मन्दिर  चितवनको इच्छाकामना गाउँपालिकाकाे ५ नम्बर वडामा पर्ने कफेक डाँडामा रहेको इच्छाकामना देवीको मन्दिर पुग्न कुरिनटार (काठमाडौंबाट जाँदा मनकामना केवलकार स्टेसन नपुग्दै) काे फिस्लिङ बजारबाट माथि झण्डै १५ किलोमिटर घुमाउरो कच्ची बाटाे (ठाडो उका