Posts

Showing posts from October 9, 2022

लघुकथा : छट्पटी

✍️ मुरारीराज मिश्र अरुणजी हेर्दा खाईलाग्दाे युवा । पेशाले शिक्षक । एक दशक भन्दा अघि देखि उहाँकाे परिवार हामीकहाँ बस्दै आएको थियोे । यतिलामो समय एकैसाथ रहँदा उहाँमा कुनै स्वास्थ्य समस्या देखिएकाे थाहा थिएन । एकदिन रातकाे समय पेटकाे समस्याका कारणले उहाँ छट्पटीन थाल्नुभयाे । उहाँको छट्पटाइ देख्दा गम्भीर प्रकृतिको लाग्थ्यो । हामी सबै आत्तियाैं । तत्कालै ट्याक्सी खाेजेर उहाँको दाइ, श्रीमती र म सहित शिक्षण अस्पताल पुग्याैं । अस्पतालकाे आकस्मिक कक्षमा कागजी प्रक्रिया पूरा गरे पश्चात् उपचार सुरु भयाे । स्लाइन पानी चढाइए । विभिन्न परीक्षण गरिन थाले । करीब दुई घण्टा बित्याे । दुखाइ कम हुने ओैषधीका कारणले बिरामीकाे पीडा कम भएको देखिन्थ्योे । डाक्टरहरु बिरामीकाे रिपोर्ट हेर्दै के के सल्लाह गर्ने गर्थे । तर हामीले साेध्दा प्रष्ट केही नभनी उपचार हुँदैछ मात्र भन्थे । सात-आठजना डाक्टरहरुकाे निरन्तरकाे छलफल देख्दा, कुनै निकै नै गम्भीर राेगकाे आशंकाले हामीहरूकाे छट्पटी भने प्रतिक्षण बढ्दै थियाे । यसैबीच डाक्टरले हामीलाई बाेलाए । एउटा कागज हातमा दिंदै बिरामीलाई तुरुन्त गंगालाल अस्पताल लैजानु भने । हामीले