Posts

Showing posts from March 31, 2024

लघुकथा: किशोरी मातेपछि...

            ✍️ मुरारीराज मिश्र, "रक्सी लागेर निकै मातिसकेकी छ, आज त जसरी पनि त्यसलाई काेठामा लैजानुपर्छ बुझिस् !"  रेष्टुरेन्टमा छिर्दै गर्दा, दुईजना केटाका बिचमा भएको यी संवाद रमेशले सुन्याे ।  श्रीमती माइत गएकोले रातिको खाना पकाउन अल्छी लागेर उ अफिसबाट फर्कंदै गर्दा खाना लिन रेष्टुरेन्ट छिरेकाे थियोे । याे संवादले रमेशलाई चनाखो बनायो ।  उसले यताउता हेर्‍याे । अलिक पर एउटा टेबुलमा, अर्धनग्न पहिरनकी मदिराले अर्धचेत एक किशोरी देखिइन् । अघिका संवादवाला दुई केटा पनि त्यहीँ पुगिसकेका थिए । झट्ट हेर्दा किशोरी परिचित अनुहारकी झैं लाग्यो रमेशलाई ! उसले अलि नजिकै गएर हेर्‍यो, किशोरी त उसकी श्रीमती रमाकी साथीकी छाेरी नै पाे रहिछन् ।  उसकाे मनमा विभिन्न साेचहरु पलाए । एकछिन साेचेर उसले रमालाई फाेन गर्‍यो । केही कुराकानी भए ।  `.... ए, उसाेभए आज राति आउन्नाै त तिमी ? ल ठीकै छ ।´ उसले फाेन काट्दै भन्याे । श्रीमतीसंगकाे फाेनवार्ता  पछि, उ किशोरी रहेको टेबुलमा पुग्याे । "हैन, के चाला हाे याे तिम्रो नानी !" उसले किशोरीलाई हकार्दै हात समातेेर उठायाे । केटाहरु अक्क न बक्क परेर हेर्द