Posts

Showing posts from April 14, 2024

लघुकथा : परम्परागत बिहे

 ✍️ मुरारीराज मिश्र, "ल अब कन्यादानकाे समय हुनलाग्याे, तयार हुनुहाेस्" पुराेहितले दुलहीपक्षलाई जानकारी गराए । "कन्यादान भन्ने शब्द प्रयोग नगर्नुस् त गुरु ! के हामी नारी कुनै बस्तु या जनावर हाैं ? मान्छेकाे पनि दान हुन्छ कहीँ ? विदेशतिर त यस्तो चलन छैन ! तपाईंहरु दक्षिणाकाे लागि जेपनि गर्ने ?  याे मलाई पटक्कै मन पर्दैन ।" परम्परागत बिहे गर्नका लागि भनेर विदेशबाट आएकी दुलहीले पुराेहितसंग कड्किंदै भनिन् । दुलहीले भनेका कुराले विवाहमा आएकाहरुकाे ध्यानाकर्षण गर्‍यो । उनीहरू विवाह मण्डप नजिकै झुम्मिएर कहिले दुलाहा, दुलही र कहिले पुराेहितकाे मुख हेर्न थाले । सबैलाई "अब के हुन्छ" भन्ने जिज्ञासा थियोे । दुलहीकाे मुख क्राेधाग्नीका कारण राताे देखिन्थ्यो भने बिचराे दुलहा केही नबुझे झैँ अक्क न वक्ककाे अवस्थामा थियोे । "धुवाँले गर्दा फाेटाे राम्रो आएन- जग्गेमा आगाे नबाल्नुस्, फाेटाे खिच्न समय पुग्दैन- विवाहको विधि छाेट्‌याउनुस्" भन्ने देखि  फाेटाे खिच्दा धकेलमकेल गर्दै पटकपटक यताउता सर्न लगाएपछि, क्यामेराम्यानसंग गुरुकाे यसअघि नै बाझाबाझ परिसकेको थियोे । अहिले

लघुकथा : बाइककाे साँचाे

Image
   ✍️ मुरारीराज मिश्र, "स्मरण शक्ति कसरी बढाउन सकिन्छ" भन्ने बारेमा तालिम सुरु हुँदै थियोे । संस्थामा कार्यरत सबै कर्मचारीहरु हलमा पुगिसकेका थिए ।  कार्यक्रम सुरु हुनै लाग्दा, तालिम दिन आएका बरिस्ठ प्रशिक्षक "एकै मिनेट कुर्नुस् है" भनेर हलबाट निस्किए ! उनी किन र कता गए भनेर, सबैलाई खुल्दुली लाग्दै थियाे । "माफ गर्नुहाेला, एउटा समस्याले गर्दा तपाईंहरूलाई धेरै कुराएँ मैले" भन्दै निकैबेर पछि उनी तालिम हलभित्र पसे ।  "त्यस्तो के समस्या आइपर्‍याे र सर ?" एकजनाले सहभागीले प्रश्न गरे ।  "हेर्नुस् न, म पनि कस्तो हुस्सु भएछु ! बाइकको साँचाे कता राखें भन्दै एकघण्टा देखि खाेजेकाे खाेज्यै थिएँ, आखिरमा आफ्नै खल्तीमा पाे रहेछ !" प्रशिक्षकले हाँस्दै भने । (उमामहेश्वर मार्ग, कुमारीगाल, काठमाडौं -७) हिमाली बेला मा २०८१-०२-०९ मा प्रकाशित ।