Posts

Showing posts from June 5, 2022

भजनहरु ९

 #प्रार्थना कृष्ण भगवान, प्रभु कृष्ण भगवान । अज्ञानी छाैं प्रभु हामी, देऊ केही ज्ञान ।। उठ्यो खायो चुठ्याे दाैड्याे, संधै कामै काम । घर फर्क्याे फेरि खायो, सुत्याे लम्बेतान ।। कृष्ण भगवान, प्रभु कृष्ण भगवान । फुर्सद छैन सासै फेर्ने, कैले गर्नु ध्यान !! धनसम्पत्ति नातागोता, सबै सान-मान । संगै लान्छु जस्ताे गर्छ, मनले अभिमान ।। कृष्ण भगवान, प्रभु कृष्ण भगवान । मुर्ख मनलाई नाङ्गै जान्छस्, भन्ने देऊ ज्ञान ।। सधै झुठो बाेल्छ मुखले, लिन्न तिम्रो नाम । कमाउने रमाउने, मात्रै भयाे काम ।। कृष्ण भगवान, प्रभु कृष्ण भगवान । कैले गर्नु प्रभु तिम्राे, नामामृतकाे पान !! कृष्ण भगवान, प्रभु कृष्ण भगवान । अज्ञानी छाैं प्रभु हामी, देऊ केही ज्ञान ।। ~~~~~~~~~~~~~~ सेवा गराैं दुखीकाे, ठानेर नित्य कर्म । भन्छन् पुराण-शास्त्र, 'याे नै हाे खास धर्म' ।। भेटिन्न मुक्तिमार्ग, धाएर मात्र तीर्थ । आँसु पुछे दुखीकाे, सन्तुष्टि मिल्छ भित्र ।। धाउनु हुन्न मन्दिर, मनमा लिएर स्वार्थ । देखावटी गरेमा, हुनेछ धर्म व्यर्थ ।। गर्छाैं स्मरण प्रभुकाे, पर्दछ दु:ख जैले । भज्ने गराैं सुखैमा, पर्दैन दु:ख कैले ।।           **