Posts

Showing posts from November 14, 2021

तीर्थयात्रा डायरी २०७८

Image
ने पालको चारघाम मध्येको एक धाम मानिने रिडी क्षेत्रमा श्राद्ध गर्ने तथा केही धार्मिक स्थानहरूको दर्शन गर्ने उद्देश्यले दशैंकाे त्रयोदशीका दिन २०७८ कार्तिक १ गतेका दिन बिहान सानाे गाडीमा ९ जनाकाे टाेली प्रस्थान गर्ने हाम्रो पूर्वनिर्धारित कार्यक्रम थियोे । तर भ्रमणकाे केही घण्टा अघिमात्रै भ्रमण टाेलीका केही सदस्यहरुलाई छेकथुन परेको कारण अन्तिम समयमा आएर हाम्रो भ्रमण कार्यक्रम अकस्मात् स्थगित गर्नुपर्ने अवस्था आयो । जाने सबै तैयारी भईसकेपछि अन्तिम समयमा जान नमिल्दा ज्यादै खल्लो महसुुस भयाे । हामीलाई यात्रामा लैजान भाेलिपल्ट बिहान ५ बजे आउने तय भएको गाडीलाई फाेन गरेर भ्रमण राेकिएकाे जानकारी गरायौं । राति राम्ररी निन्द्रा लागेन । साँझदेखि गडबडीएकाे माैसमका कारण रातिबाट हुरी बतास र चट्याङ सहित मुसलधारे पानी पर्न थाल्याे । बिहानसम्म पनि पानी पर्न राेकिएकाे थिएन । साे बेमौसमी बर्षाका कारण देशभर बाढी पहिरो आउँदा व्यापक मात्रामा जनधनको क्षति भएकाे, सडक अवरुद्ध भएर सयाैं सवारीसाधन र यात्रुहरु बिचल्लीमा परेका खबरहरु सार्वजनिक भए । अनि लाग्याे, शायद यस्तै बिपत्तिबाट हामीलाई बचाउन नै भगवानले हाम्रो