लघुकथा: #जमेका_सम्बन्ध ✍️ मुरारीराज मिश्र नेत्रप्रसाद अवकाशप्राप्त कर्मचारी । दुई छाेरा र दुई छाेरीका पिता । आफूले गर्नुपर्ने छाेरा-छाेरीका जिम्मेवारीहरु सबै पुरा गरिसकेका । काठमाडौं आधा राेपनी कम्पाउण्ड सहितको सुबिधा सम्पन्न तीन तले घर । नातिनातिना का धनी । भाैतिकरुपले उनलाई कमी त केही थिएन, बस् केवल एउटै पीडा थियाे बुढेसकालमा श्रीमती नहुनुकाे । उनकी श्रीमती अघिल्लो बर्ष काेराेनाकाे सिकार भएकी थिईन् । दुई छाेरा संगै बस्थे । घरमै साझेदारीमा एउटा कम्पनी चलाउँथे । दुबैमा राम्रो मेलमिलाप थियोे । नेत्रप्रसादले छाेराकै कम्पनी खाेल्ने क्रममा घरजग्गा छाेराहरुकाे संयुक्त नाममा पास गरिदिएका थिए । अघि दिएपनि पछि दिएपनि सम्पत्ति खाने उनीहरुनै हुन् भनेर जागिरे जीवनकाे कमाइ पनि उनीहरुकै कम्पनीका लागि खर्चिएका थिए । जिन्दगी चल्दै थियोे । नेत्रप्रसाद आफ्ना कुलका र परिवारका जेष्ठ सदस्य भएकाले नातागोता, ईष्टमित्र, कुटुम्ब र आफन्तजनहरु प्रायःजसो घरमा आईरहन्थे । यसले उनलाई पत्नी वियोगकाे पीडा भुल्न केही सघाएको थियोे । एकदिन राति सुत्नु अगाडि उनी आफूले दिउसो घाम ताप्न बस्दा छतमा छाेडे