Posts

Showing posts from October 15, 2023

लघुकथा: देशप्रेम

 ✍️ मुरारीराज मिश्र, - विदेश हैन देशकै माटोमा नङ्ग्रा खियाउनुपर्छ । - स्वार्थका लागि कुनै हालतमा देश त्याग्नु हुन्न । - मातृभूमि भनेकाे आमातुल्य हुन्, हामीले जन्मभूमिकाे ऋण तिर्नुपर्छ । - विदेशिनु भनेकाे अरुकाे गुलाम बन्नु हाे । सबैसँग यस्तै-यस्तै देशप्रेमका ठूलाठूला कुरा गर्थ्याे उ ! जब डीभी पर्‍यो उस्काे राष्ट्रवाद देखियो !! (उमामहेश्वर मार्ग, कुमारीगाल, काठमाडौं -७)

लघुकथा: आमाको जन्मदिन

Image
      ✍️ मुरारीराज मिश्र, वृद्धाश्रमकाे ढाेका बाहिर दुई पुराना साथीहरू भेटिए । एक प्रतिष्ठित ब्यापारी अर्को साधारण कर्मचारी । भलाकुसारी पछि ब्यापारीले साेध्याे "तिमी यहाँ ! किन ?" "आज मेराे आमाको जन्मदिन । घरमा अष्टचिरञ्जिवीकाे पूजा सकेर उहाँको आशीर्वाद लिएपछि यहाँका वृद्धवृद्धालाई खाना खुवाएर फर्केको ।" "ए, उसाेभए आमा तिमीसंगै बस्नुहुन्छ ?" "हैन साथी, हामी आमासँग बस्छौं । अनि तिमी चाहिँ किन यहाँ ?" ब्यापारी साथीले बिस्तारै भन्याे "आज मेराे आमाको पनि जन्मदिन हाे । म यहाँ उहाँलाई भेट्न आएको !" (उमामहेश्वर मार्ग, कुमारीगाल, काठमाडौं-७) साहित्य पाेष्टमा प्रकाशित  https://sahityapost.com/aakhyan/short-story-aakhyan/126779/ शारदामा प्रेषित