लघुकथा: आमाको जन्मदिन

      ✍️ मुरारीराज मिश्र,

वृद्धाश्रमकाे ढाेका बाहिर दुई पुराना साथीहरू भेटिए ।

एक प्रतिष्ठित ब्यापारी अर्को साधारण कर्मचारी ।

भलाकुसारी पछि ब्यापारीले साेध्याे "तिमी यहाँ ! किन ?"

"आज मेराे आमाको जन्मदिन । घरमा अष्टचिरञ्जिवीकाे पूजा सकेर उहाँको आशीर्वाद लिएपछि यहाँका वृद्धवृद्धालाई खाना खुवाएर फर्केको ।"

"ए, उसाेभए आमा तिमीसंगै बस्नुहुन्छ ?"

"हैन साथी, हामी आमासँग बस्छौं । अनि तिमी चाहिँ किन यहाँ ?"

ब्यापारी साथीले बिस्तारै भन्याे "आज मेराे आमाको पनि जन्मदिन हाे । म यहाँ उहाँलाई भेट्न आएको !"

(उमामहेश्वर मार्ग, कुमारीगाल, काठमाडौं-७)

साहित्य पाेष्टमा प्रकाशित 

https://sahityapost.com/aakhyan/short-story-aakhyan/126779/

शारदामा प्रेषित 

Comments

Popular posts from this blog

पिता धर्मः पिता स्वर्गः ..... सर्वतीर्थमयी माता

भजन/श्लोक (भावानुवाद)

नियात्रा : बाघ बस्ने अँध्यारो गुफाभित्र पस्दा...