Posts

Showing posts from September 2, 2018

हाम्रा धर्मशास्त्रमा पिताको महत्व

Image
पिता धर्मः पिता स्वर्गः  पिता हि परमं तपः ।  पितरि प्रीतिमापन्ने प्रीयन्ते सर्वदेवताः ।। पितरौ यस्य तृप्यन्ति सेवया च गुणेन च । तस्य भागीरथीस्नानमहन्यहनि वर्तते ।। अर्थात् ; “पिता भनेका धर्म हुन, पिता स्वर्ग हुन र पिता नै सवैभन्दा श्रेष्ठ तपस्या हुन । पिता प्रसन्न भएमा सम्पूर्ण देवता प्रसन्न हुन्छन । जुन सन्तानको सेवा र सदगुण बाट पिता सन्तुष्ट रहन्छन् त्यस सन्तानलाई प्रतिदिन गंगास्नान गरेको पुण्य प्राप्त हुन्छ ।” माथिका उल्लेखित यी श्लोकहरु हाम्रो जीवनमा पिताको के कस्तो महत्व छ भन्ने कुरा प्रष्ट्याउन पर्याप्त छन् । आफ्नो आँखामा आँसु नदेखाई, थकाई, पीडा र आफ्नो आवश्यकतालाई तिलाञ्जली दिंदैं ओठमा हाँसो देखाउन सक्ने उदार छाती पितासंग मात्रै हुन्छ ।  त्यसैले हामी  आमालाई पृथ्वीसंग तुलना गर्छौं भने पितालाई आकाशसंग । सन्तानको पालनपोषण र संरक्षणकर्ता पिता हुन । यसो भन्दा आमा सन्तानको संरक्षक होईन भनेको वा आमाको महत्व कम छ भनेको भन्ने अर्थ नलगाईयोस कि, छोराले रुन हुंदैन भन्ने सामाजिक मान्यता रहेको हाम्रो समाजमा दिनरात सन्तान खुशी र सुखका लागि आफ्ना दुःख भुलेर मेहेनत गर्ने र परिवारको मूली

मिनी हाइकू

Image
अाफन्त नून-चूक झैं  घाउमा ! बिश्वास  काँचकाे टुक्रा  चर्कियाे खुशीमा रुन्छन् यी अाँखा खै किन ? जीवन पानीको फाेका के भर ! ईश्वर  कणकणमा बिश्वास  🙏  ममता नशानशामा अाभाष याे मन कति काँतर  अात्तिने मलामी मसानघाट  खरानी