Posts

Showing posts from July 7, 2024

पाैराणिक लघुकथा:

शिवजीसंग भेटघाटका लागि प्रमुख देवताहरुकाे कैलाशमा आउने क्रम जारी थियोे । बिष्णुजी भित्र गएकाले उहाँका वाहन गरुडजी अलि पल्तिर बसेर सुस्ताउँदै हुनुहुन्थ्यो । यत्तिकैमा कालका देवता यमराजजी पनि आउनु भयाे । भित्र पस्नु अघि उहाँले द्वारकाे छेउमा बसेकाे एउटा सुन्दर सानाे चरालाई अनाैठाे पाराले निकै बेर हेरेर केही साेच्दै अघि बढ्नुभयाे । याे दृश्य नियालिरहेका गरुडजीलाई लाग्यो "याे सानाे चरामाथि काल देवताकाे बक्र दृष्टि पर्‍यो, अब यसलाई कसरी बचाउने ?" उहाँको मनमा चराप्रति दयाभाव उर्लेर आयो । चराको जीवन जसरी पनि बचाउनु पर्छ भन्ने साेचेर यमराजजी फर्कनु अगाडि नै गरुडजीले त्यसलाई ढाडमा राखेर वायुवेगले हजारौं काेश टाढाकाे कुनै टापुमा पुर्‍याएर आउनुभयो ।  केही बेरपछि यमराजजी निस्कनु भयाे । चरालाई पहिलेकाे ठाउँमा नदेखेर उहाँ आश्चर्यचकित भई यताउता हेर्न थाल्नुभयाे । यसैबेला गरुडजीले यमराजजीकाे नजिक आएर साेध्नुभयाे "प्रभु, के हेर्दै हुन्छ यसरी ?" यमराजजीले भन्नुभयो "हे गरुड, म आउँदा यहाँ एउटा सानाे चरा थियोे ! त्याे चरा आधा घण्टापछि यहाँबाट हजारौं काेश परकाे टापुमा हुनुपर्ने याेग...

अमरावती कान्तिपुरी नगरी

Image
यहाँ चोर पुजिन्छन् सज्जन झैँ   घुसखोर पुरस्कृत हुन्छन् संधै तर साधु गनिन्नन् कौडीसरि  अमरावती कान्तिपुरी नगरी ! महंगी, गरिबी अनि दुःख, पीडा  छ कतै लुटपाट, कतै झगडा ।  छ विकार अति र अनेक थरी अमरावती कान्तिपुरी नगरी ॥ कहीं हुन्छ जुलुस अनि उग्र कुरा  कहीं बन्द, कतै हड्ताल पूरा ।  सर्वत्र छ, क्रान्ति अनेक थरी  अमरावती कान्तिपुरी नगरी ॥ कहीं भोग, विलास र सुख सबै  कहीं भोक, दरीद्र, छ दुःख सधैं  छ पीडा र अभाव सहस्र थरी  अमरावती कान्तिपुरी नगरी ! न इमान, छ नैतिक मूल्य कुनै  जति लक्ष्य छ त्यो, पद पाउन नै  जसरी तसरी गुथने पगरी  अमरावती कान्तिपुरी नगरी । छ धूलो र धूवाँ, दुर्गन्ध अति  छ विकार, प्रदूषणकै फजिती ।  छ चकित, थकित, दुःखी विचरी  अमरावती कान्तिपुरी नगरी । यहाँ राजनीति, बिजनेस बन्यो, न लगानी कुनै, बसी नाेट गन्याे । भयाे राष्ट्र निजी, धनसार सरि, अमरावती कान्तिपुरी नगरी ।।१।। छ संधै मुखमा, बकवास कुरा, न छ अध्ययनै, बन्याे बिज्ञ पुरा । जनता गफ सुन्छन, जिल्ल परी, अमरावती कान्तिपुरी नगरी ।।२।। न कुनै छ खुबी, न छ ...