लघुकथा: पाँचहजार
✍️ मुरारीराज मिश्र, "झण्डै मारेको बजियाले" बृद्ध दीनानाथ काम्दै गरेका हातले बाटोभरी छरपस्ट सामान टिप्दै भुत्भुताए । केही समय अघिदेखि उनी त्याे बाटोकाे छेउमा प्लास्टिक ओच्छाएर जडिबुटीहरु बेच्दै आएका थिए । आज एउटा केटाेले चलाएको माेटरसाइकल उनको सामान माथिबाट कुद्दा याे घटना भएको थियोे । बाटो पारीपट्टी रहेका ट्राफिक हवलदारले याे सबै घटना प्रत्यक्ष देखेका थिए । केही साेचेर उनले तत्कालै सञ्चारसेटमा खबर गरे । पाँच मिनेटभित्रै सेटबाट उनलाई सूचना आयाे । उनी माेटरसाइकल लिएर, केटाे गएको बाटो तर्फ घुईँकिए । तीनचार स्टप परकाे चेकपोस्टमा केटाेकाे माेटरसाइकल ट्राफिक प्रहरीले समातेका रहेछन् । हवलदारले त्यहाँ पुगेर प्रहरीसँग केही खासखुस गरे अनि केटाेलाई लिएर छेउतिर लागे । उनले केटालाई भने "हेर बाबु, बुढा पनि घाइते छन् र उनकाे सामान पनि सबै नाेक्सान भएको छ । गल्ती गरिहाल्याै, सजायँ त भाेग्नैपर्छ अब । लाइसेन्स त छ नि !" "छ सर" केटाेले खल्तीबाट लाइसेन्स झिक्दै भन्याे । हवलदारले फेरि अत्याउँदै भने "लाइसेन्स भएपनि यस्ताे घटनामा, सवारी र तिमीलाई प्रहरी