Posts

Showing posts from August 12, 2018

“अमरावती कान्तिपुरी नगरी“

Image
कविता “अमरावती कान्तिपुरी नगरी“ ढलजाम, हिलो, छ धुलो उतिनै छ प्रदूषण, बिकृति सब् त्यतिनै । जलमग्न सडक्, छ तलाउ सरि अमरावती कान्तिपुरी नगरी ।। यहाँ रावण–राम, कठिन् चिनिनै यहाँ भद्र–भलादमी, कम् अति नै । जति सज्जन छन् अपवाद सरि अमरावती कान्तिपुरी नगरी ।। घुसखोरी बहुत् यहाँ कानून झैं छ महंगी यहाँ, सुरसा मुख झैं । यहाँ बाँच्न कठिन, संघर्ष गरि अमरावती कान्तिपुरी नगरी ।। गुलिया सपना अनि भाषण त्यो जनमत लुट्ने मुलमन्त्र भयो । ठगीए जनता, बिश्वास गरि अमरावती कान्तिपुरी नगरी ।। न बिकास छ उन्नति एक रति प्रभुकै भर हो, यहाँ जे छ जति । छ चकित, थकित, दुखी बिचरी अमरावती कान्तिपुरी नगरी ।।         –समाप्त–                – मुरारीराज मिश्र,                  उमामहेश्वर मार्ग, कुमारीगाल,                  का.म.पा. - ७