“अमरावती कान्तिपुरी नगरी“
कविता
“अमरावती कान्तिपुरी नगरी“
ढलजाम, हिलो, छ धुलो उतिनै
छ प्रदूषण, बिकृति सब् त्यतिनै ।
जलमग्न सडक्, छ तलाउ सरि
अमरावती कान्तिपुरी नगरी ।।
यहाँ रावण–राम, कठिन् चिनिनै
यहाँ भद्र–भलादमी, कम् अति नै ।
जति सज्जन छन् अपवाद सरि
अमरावती कान्तिपुरी नगरी ।।
घुसखोरी बहुत् यहाँ कानून झैं
छ महंगी यहाँ, सुरसा मुख झैं ।
यहाँ बाँच्न कठिन, संघर्ष गरि
अमरावती कान्तिपुरी नगरी ।।
गुलिया सपना अनि भाषण त्यो
जनमत लुट्ने मुलमन्त्र भयो ।
ठगीए जनता, बिश्वास गरि
अमरावती कान्तिपुरी नगरी ।।
न बिकास छ उन्नति एक रति
प्रभुकै भर हो, यहाँ जे छ जति ।
छ चकित, थकित, दुखी बिचरी
अमरावती कान्तिपुरी नगरी ।।
–समाप्त–
– मुरारीराज मिश्र,
उमामहेश्वर मार्ग, कुमारीगाल,
का.म.पा. - ७
“अमरावती कान्तिपुरी नगरी“
ढलजाम, हिलो, छ धुलो उतिनै
छ प्रदूषण, बिकृति सब् त्यतिनै ।
जलमग्न सडक्, छ तलाउ सरि
अमरावती कान्तिपुरी नगरी ।।
यहाँ रावण–राम, कठिन् चिनिनै
यहाँ भद्र–भलादमी, कम् अति नै ।
जति सज्जन छन् अपवाद सरि
अमरावती कान्तिपुरी नगरी ।।
घुसखोरी बहुत् यहाँ कानून झैं
छ महंगी यहाँ, सुरसा मुख झैं ।
यहाँ बाँच्न कठिन, संघर्ष गरि
अमरावती कान्तिपुरी नगरी ।।
गुलिया सपना अनि भाषण त्यो
जनमत लुट्ने मुलमन्त्र भयो ।
ठगीए जनता, बिश्वास गरि
अमरावती कान्तिपुरी नगरी ।।
न बिकास छ उन्नति एक रति
प्रभुकै भर हो, यहाँ जे छ जति ।
छ चकित, थकित, दुखी बिचरी
अमरावती कान्तिपुरी नगरी ।।
–समाप्त–
– मुरारीराज मिश्र,
उमामहेश्वर मार्ग, कुमारीगाल,
का.म.पा. - ७
Comments
Post a Comment