Posts

Showing posts from August 13, 2023

लघुकथा : #मापदण्ड

              ✍️ मुरारीराज मिश्र, हैन काका, के काे छलफल हाे ? सबैलाई चिन्तित देख्छु त ! सबैजना बसिरहेको ठाउँमा पस्दै दिनेशले साेध्याे । दशा आइलाग्याे क्या दिनेश बाबु ! छँदाखाँदाकाे घर भत्काउनु पर्ने भाे, बाह्रफिटे बाटो बढेर चाैबीसफिटकाे हुने भाे रे यहाँको ! घनश्याम काकाले भने । ए, ठूलै समस्या पाे परेकाे रैछ त ! उसाेभए बाटोकाे सेण्टरबाट दुबैतर्फ छ-छ फिट बढ्दा त तपाईहरु अठार-बीसजनाकै घर/काेठा जाने देखिन्छ ! अब के गर्ने सल्लाह भयो त काका ? खै बाबु, के गर्ने गर्ने ? हामी त अन्याैलमा पाे छाैं । बाबु यहाँको चल्तापूर्जा मान्छे, अब तपाईंले नै राम्रो सल्लाह दिनुपर्‍यो ! त्यो त ठीकै छ काका, म प्रयास गरिहाल्छु नि ! भन्दै उसले काकालाई अलि छेउमा लगेर केही साउती गर्‍यो । काकाकाे मुहारमा चमक आयाे । त्यसपछि उनी छिमेकीहरु तर्फ गए र केहिबेर फुस्फुसाउँदै सल्लाह गरे । सबै गाउँले हर्षित देखिए । सहमतिस्वरुप टाउको हल्लाए । याे सल्लाह गाेप्य रहाेस् नि काका भन्दै दिनेश फर्कियाे ।  हप्ता दिनपछि बाटाे बिस्तारकाे काम सुरु भयाे । डाेजर ल्याईयाे । सडकको सीमामा जाेडिएकाे सार्वजनिक चाैरमा ढुंगे पर्खाल लगाउने काम गरिय

लघुकथा : बाटो

       ✍️ मुरारीराज मिश्र "ए तपाईंले पनि बाटो मिच्नु भा'काे पाे रैछ त ?" बाटो बिस्तारकाे क्रममा रमेशकाे जग्गा फेरि एकपटक बाटोमा परेकाेले उ साविक पर्खाल भत्काएर वरतिर सार्दै थियोे । एकाएक पल्लो टाेलमा बस्ने टेकनाथकाे हाँसो मिश्रित प्रश्नले रन्थनियाे र बाेल्याे "हैन, मान्छे पनि कस्ताकस्ता छन् हँ यहाँका ? अरुकाे नाेक्सानीमा रमायाे, बुझ्नु न सुझ्नु बाटो मिचेकाे आराेप लगायाे । याे मेराे हकभाेगकाे पुर्ख्याैली निजी जग्गा हाे बुझ्नुभाे !" "तपाईं त त्यसै रिसाउनु भाे, मेराे आशय त्यस्तो हैन क्या !" टेकनाथले भने । "बाबुकाे आशय जेसुकै भएपनि बाेल्दा चाहिँ ढंग नपुगेकै हाे । हामी सानाे हुँदा यहाँ दुईहाते गाेरेटाे बाटो थियोे, अहिले बीसफिटे भयाे । बाटाे बढेकाे, दुबैतर्फका जग्गावालाकै जग्गाले त हाेला नि ! बाबुजस्ता कसैले जग्गा ल्याएर हालेर यहाँ बाटो बढेको त पक्कै हैन हाेला ! बाटाे पटकपटक बढेको बढ्यै छ, रमेशजस्ता मान्छेका जग्गा भने विना मुआव्जा घटेको घट्यै छ ! एकातिर राज्यले बाटोमा परेकाे जग्गाकाे लगत कटाएकाे छैन, बरु उल्टै बाटोमा परेको जग्गाकाे समेत कर उठाईरहेकाे