गजल
पानी परिरहेको ओैंसीकाे रात छ, चिसो छ माैसम, मनभित्र मात छ । मायाको कुरा कहिल्यै किन नसकिने, बर्षाैंदेखि भन्दैछु अझै पनि खात छ । संसार बिर्साउने खै कस्तो नशा हाे, हुँदैन याद जब हातमा हात छ । कसरी जाेडे खै विधाताले साईनो नारी र पुरुष अचम्मको जात छ । यही त हाे जीवन जिउने आधार, जहाँ न अविश्वास, न कुनै घात छ । ✍️ मुरामि गाेरखापत्रमा प्रेषित