गजल

 पानी परिरहेको ओैंसीकाे  रात छ,

चिसो छ माैसम, मनभित्र मात छ ।


मायाको कुरा कहिल्यै किन नसकिने,

बर्षाैंदेखि भन्दैछु अझै पनि खात छ ।


संसार बिर्साउने खै कस्तो नशा हाे,

हुँदैन  याद  जब  हातमा  हात छ ।


कसरी जाेडे खै विधाताले साईनो

नारी र पुरुष अचम्मको जात छ ।


यही त हाे  जीवन  जिउने आधार, 

जहाँ न अविश्वास, न कुनै घात छ ।

                              ✍️ मुरामि

गाेरखापत्रमा प्रेषित 

Comments

Popular posts from this blog

पिता धर्मः पिता स्वर्गः ..... सर्वतीर्थमयी माता

भजन/श्लोक (भावानुवाद)

नियात्रा : बाघ बस्ने अँध्यारो गुफाभित्र पस्दा...