Posts

Showing posts from January 8, 2023

संक्षिप्त महाभारत कथाकृतिका बारेमा ......

✍️ मुरारीराज मिश्र युवराज न्याैपाने सरसंगकाे मेराे चिनापर्ची करिव तीसबर्ष पुरानाे हाे । उहाँका विद्वताबाट म निकै प्रभावित छु । पेशाले शिक्षक उहाँ एक सुपरिचित कवि तथा साहित्यकार पनि हुनुहुन्छ । निबन्धकाे एउटा र  पाँचवटा काव्यकृति प्रकाशित गरिसक्नु भएका उहाँले गत बर्ष २०७८ मा "भक्ति, कर्म र ज्ञानकाे त्रिवेणी: श्रीमद् भगवद् गीता" नामक (पद्य भावानुवाद) पुस्तक प्रकाशन गर्नुभएकाे थियोे । यसपटक उहाँको संक्षिप्त महाभारत नामक पुस्तक प्रकाशन हुँदैछ । निश्चय नै, गीता र महाभारत जस्ताे ज्ञानरुपी सागरमा पाैडिदै तिनका सारतत्व निकालेर सबै माझ पस्कनु अत्यन्तै कठिन कार्य हाे । यस्तो दुरुह कार्यलाई कुशलतापूर्वक सम्पन्न गर्नुभएकोमा उहाँ  हामी सबैका बधाईका पात्र हुनुभएको छ । उहाँको प्रेरणाबाट मैले प्रकाशाेन्मुख संक्षिप्त महाभारतका लागि केही शव्द काेर्ने जमर्को गरेकाे छु । लेखनी आरम्भ गर्नु अघि श्रीकृष्णकाे वन्दना गर्दै अघि बढ्ने अनुमति चाहन्छु । ''सच्चिदानन्द रूपाय विश्वोत्पत्यादि हेतवे, तापत्रय विनाशाय श्री कृष्णाय वयं नमः ।।'' नेपाली भावानुवाद रुप छ सत्य-आनन्द, पालनहार हाै विश्

छेस्का कविता

Image
  अस्थिर बाेली आज एउटा अर्कै छ भाेलि ! कस्ता अटेरी ! यथास्थितिमै फर्किए फेरि हेमन्त याम धुम्म बादल दुर्लभ घाम !! मुखमा राम गर्छन् नकाम कस्ता हराम रमायाे मन हिउँका फूल ढकमक्क छन् । सहि निकास, सर्वप्रथम आफ्नै विकास ! हाेस नगुमाेस्, युवाको जाेश साकार बनाेस् । स्वार्थको काम घनिष्ठ मित्र रावण-राम ! नयाँ छन् जाेगी खरानी घस्दै नबनुन् भाेगी । फुस्क्याे कपडा नाङ्गिए नेता भयाे लफडा ! ताेडेर जालो बज्दैछ घण्टी नफुस्क्याेस् रालाे । मालाकाे चाङ हैन सम्मान, ब्यर्थैकाे स्वाङ ! अनेक रुप चरित्र याैटै उस्तै छन् मुख ! खसी काटिंदै माैन अवधि मत साटिंदै ! कस्तो विश्वास ! पाल्दैछ गाेरु बिगाैती आश !! अनाैठाे चित्र सिद्ध र गिद्ध मिल्दा बिचित्र  ! मुखले मित्र कराैंतीजस्ताे भित्री चरित्र : भाे हाहाकार डेंगी राेक्नमा चुक्याे सर्कार ! सकुनी चाल नबुझ्ने सबै भए बेहाल ! व्यर्थ गुहार मस्त निन्द्रामा सुत्याे सर्कार ! सत्ताकाे दम्भ सबैमा उस्तै कस्तो अचम्म ! सिमित घेरा, सकेनन् हेर्न माथि उठेर । मातिए साह्रो आउँछन् घेर्न बाेल्नै भाे गाह्रो । खै सुशासन ?

लघुकथा : बरखी

✍️ मुरारीराज मिश्र, बुबाको बार्षिकी सकेको छ महिना नपुग्दै जयरामले आफ्नी आमालाई पनि गुमायो । परिवारकाे कान्छाे छाेराे र आमाबाबुको प्याराे भएकाले पनि हाेला उसले निकै निष्ठापूर्वक बुबाको बरखी बारेको थियोे । यसपटककाे आमाको बरखीमा पनि "सेताे लुगाकाे" मान राखेर आफ्नो द‌ैनिकी चलाएकाे थियो । घरबाहिरकाे खानपिन पुरै बर्जित गरेको थियोे उसले । यसको ठिक बिपरित उसको दाजुले भने, "समाजलाई देखाउनका लागि मात्रै सेताे लुगा किन लगाउनु, मलाई फिल्डमा गइरहनु पर्छ" भनेर कपडा र खानपिन फुकाएका थिए । बरखीकाे समयमा गर्न नहुने भनी मानिदै आएका कुनै पनि कुराकाे पालना उनले गरेका थिएनन् । यसपटक आमाको बरखीमा जयराम नराम्ररी थलियाे । अस्पताल भर्ना भएर दसौं दिनकाे उपचार पछि घर फर्कंदा उ शारीरिक र आर्थिक दुबै रुपले निकै कमजोर भएको थियोे । उसको राेगकाे बारेमा घरमा भेट्न आउने मानिसहरुका अनेकौं अड्कलबाजी हुन्थे । एकदिन बिरामी भेटने क्रममा मसंगै गएका एक छिमेकीले कुरै कुरामा "बरखीमा गर्न नहुने केही काम गर्नु भएर पाे बाबु यस्तो बिरामी पर्नुभएकाे हाे कि ?" भन्ने आशंका जयरामकी श्रीमती सामु राखे ।