छेस्का कविता
अस्थिर बाेली
आज एउटा
अर्कै छ भाेलि !
कस्ता अटेरी !
यथास्थितिमै
फर्किए फेरि
हेमन्त याम
धुम्म बादल
दुर्लभ घाम !!
मुखमा राम
गर्छन् नकाम
कस्ता हराम
रमायाे मन
हिउँका फूल
ढकमक्क छन् ।
सहि निकास,
सर्वप्रथम
आफ्नै विकास !
हाेस नगुमाेस्,
युवाको जाेश
साकार बनाेस् ।
स्वार्थको काम
घनिष्ठ मित्र
रावण-राम !
नयाँ छन् जाेगी
खरानी घस्दै
नबनुन् भाेगी ।
फुस्क्याे कपडा
नाङ्गिए नेता
भयाे लफडा !
ताेडेर जालो
बज्दैछ घण्टी
नफुस्क्याेस् रालाे ।
मालाकाे चाङ
हैन सम्मान,
ब्यर्थैकाे स्वाङ !
अनेक रुप
चरित्र याैटै
उस्तै छन् मुख !
खसी काटिंदै
माैन अवधि
मत साटिंदै !
कस्तो विश्वास !
पाल्दैछ गाेरु
बिगाैती आश !!
अनाैठाे चित्र
सिद्ध र गिद्ध
मिल्दा बिचित्र !
मुखले मित्र
कराैंतीजस्ताे
भित्री चरित्र :
भाे हाहाकार
डेंगी राेक्नमा
चुक्याे सर्कार !
सकुनी चाल
नबुझ्ने सबै
भए बेहाल !
व्यर्थ गुहार
मस्त निन्द्रामा
सुत्याे सर्कार !
सत्ताकाे दम्भ
सबैमा उस्तै
कस्तो अचम्म !
सिमित घेरा,
सकेनन् हेर्न
माथि उठेर ।
मातिए साह्रो
आउँछन् घेर्न
बाेल्नै भाे गाह्रो ।
खै सुशासन ?
व्यर्थकाे प्रश्न,
छन् दुशासन !
बुझाैं कुरा याे,
पितृकाे श्रद्धा
सच्चा श्राद्ध हाे ।
जेरी जसरी
कुरा जेलिए
बुझ्ने कसरी !
ठ्याक्कै उपियाँ
फड्किन्छ उफ्रि
संधै रुपियाँ !
लागेर डर
मर्यो रहर,
के खानु दर ?
के गर्नु गर्व !
गरिमा घट्यो
फिक्का भाे पर्व !!
गर न काम
व्यर्थैमा किन
दन्तबझान !
खै, के पाे बाेल्ने ?
सबैकाे उस्तै
थुतुनाे चल्ने !
फाेहाेर गाथा
हाेचाे हुँदैछ
सगरमाथा !
कुरा नै ठूलो
गफले मात्रै
बल्दैन चुलाे !
खाडीमा युवा,
थन्किए यता
हलाे र जुवा ।
मुलुक छाडि,
भासिए युवा
अरब-खाडी ।
युवा रहर,
खेतीकाे भन्दा
खाडीकै भर ।
बाेक्दैछन् भारी
सिमानापारी,
बाँझै छ बारी !
धर्ती समान
हुन्छ महान
गुरुकाे ज्ञान ।
चेला भाे स्वांठ
खाेजेन सिक्नै
गुरुकाे पाठ !
मान्छेकाे मति
सन्तुष्टि थाेरै
चाहना अति
क्यै छैन ढङ्ग
पर्दैछन् दङ्ग
कस्ताे अचम्म !
देखाई सान
गमलाभरी
राेप्दैछन् धान !
अगाडि सराैं
राेपेर मुठी
पाथीमा भराैं !
बढ्दैछ साह्रो
महंगी पाराे
बाँच्नै भाे गाह्राे !
छैनन् सत्पात्र
देखिए सबै
फटाहा मात्र !
रुद्राक्षजस्तै
देखिए मान्छे,
एकमुखे खै !
बन्थ्याे माेहर
जाँदैछ खेर
व्यर्थै फाेहर
समयक्रम
खुशीकाे भ्रम
बिदेशी श्रम
सुन देखाए
नुन बिकाए
ठग्न सिकाए ।
सर्वत्र झूट
ट्याक्स लाग्दैन
बाेल्न छ छुट !
दिमाग खाली
जे बाेले पनि
पड्किने ताली !
ताेरीकाे गेडा
रायाेमा मिल्याे
भयाे बखेडा
सुन्नु है सबै
थुतुनाे र 'के'
जाेगाउनु है !
गृष्मकाे याम
प्रचण्ड गर्मी
रापिलाे घाम
कुरा छन् जाली
पहिले ताली
पछि धाँधली !
मन अशुद्ध
मुखमा बुद्ध
साेच्दैछन् युद्ध !
समय चक्र
देखिन्छ साेझाे
संधै छ बक्र ।
पुर्याओैं हाेस
भाेट हालेर
रुन नपराेस् !
पार्टीका टीके
सिद्धान्त त्यागी
स्वार्थमा बिके !
चर्का छन् नारा
सबैका उस्तै
देखिए पारा !
बनी सुदामा
दिन्छिन् अथाह
धन्य छिन् आमा ।
बुझ्नै भाे गाह्रो
फालिए याेग्य
आफ्ना नै प्याराे !
मुसा प्रवृत्ति,
लाजशरम
भएन रत्ति !
झुपडीसम्म
नयाँ बर्षकाे
छाओस् उमंग ।
ल्याएर हर्ष
समृद्धशाली
हाेस् नयाँबर्ष
'शब्दले घाेच्छन्'
याे सत्य कुरा
कमैले साेच्छन् !
संधै नै हानि,
गर्दैन राम्रो
शंकालु बानी !
अमृत बृष्टि
प्रफुल्ल धर्ती
हाँसिन् प्रकृति
भयाे अमूल्य
दैनिक बढ्दो
इन्धन मूल्य !
लुगा च्यात्तेका
कतै फेसन
कहीं बाध्यता
सूर्य झैँ धरा
बर्षात् पर्खिंदै
चिरिए गरा !
मूल देखिन्न
जति बगे नि
खै, कहाँ बन्छ ?
आँसु सकिन्न !
उम्लियाे धन
मातियाे मान्छे
चिसिए मन !
कस्तो अचम्म
काला छन् आँखा
रंगिन स्वप्न !
गरे नकाम
धूलाेपीठाे भाे
गुरुकाे नाम !
अचम्म पारा
ऐना झैँ लुगा
छर्लङ्गै सारा😜
देखियो मेला
रंगिए सबै
फागुकाे बेला !
प्रेम घुलेकाे
गालाकाे रंग
कत्ति खुलेको !
रंगियाे गाला
देखिए उस्तै
गाेरा र काला !
जेसुकै हाेला
बर्षाओैं मिली
प्रेमको लाेला !
धर्म संस्कृति
फागुकाे मर्म
नहाेस् विकृति !
रंगले छाेपि
बिरुपै भा'छु
नचिन्ने हाै कि !
*****
रंगका डल्ला
ठाेक्किई फूट्दा
राताम्मे गाला !
निस्किए धूर्त
आफ्नाकाे अर्थ
खाेज्नु नै व्यर्थ !
बुझ्ने के गरि
मानिस भित्र
छ छैनन् हरि !
१.
माेटाए साहु
बढेको बढ्यै
बजार भाउ !
२.
चढ्दैछ साह्रो
महंगी पाराे
बाँच्नै भाे गाह्रो !
३.
कवाडी जस्तो
किन हाे मान्छे
हुँदैछ सस्तो !
४.
फेला नपरी
बुझ्नु के गरि
डस्छन् कसरी !
५.
नगर्नु डाढ
अड्केला फेरी
घाँटीमा हाड
स्वार्थको मेल
बालुवा पेली
निकाले तेल !
प्रेम चाैतारी
संधै छहारी
धन्य छिन् नारी !
सर्वत्र काल
ताेड्नै कठिन
मृत्युको जाल !
मृत्युको त्रास
बाँचिन्छ भन्ने
झिनाे छ आश !
शब्दको तीर
मुटुमा लाग्दा
पर्छ नै पीर !
हराए मर्द,
खुकुरी भन्दा
लाग्दैछ कर्द !
देखेर द्वन्द
रसाए आँखा
नसार भाखा !
चढेछ अहम्
सर्वेसर्वाकाे
भयाे बहम !
खाए डकारी
निखारी छाडे
टन्न भकारी !
गर्दै चटारो
हान्दैछन् युवा
ढुङ्गे झटाराे
कस्तो काइदा
चाकरी गरे
संधै फाइदा
बिकासे मूल
थिएन खाेला
हालेछन् पुल
सत्यकाे लाेप्पा,
झुठ बाेल्नेकाे
उन्नति पक्का !
मान्छ पाे कस्ले ?
सगर थाम्याे
हुटिट्याउँले !
बितेछ जुनी
मान्छे भित्रकाे
बानी नचिनी !
ठेलमठेल
नपेल्दै ताेरी
निस्केछ तेल !
भन्दैथे भाेलि
गरेछन् आजै
फेरियो बाेलि !
तेलको साहु
खाेज्दैथ्याे दाउ
बढायो भाउ !
भात माग्ने रे
त्याे पनि तातै
मार्सी कै अरे
जति छन् पात्र
सबैकाे स्वार्थ
मै खाउँ मात्र !
बन्दैछ घाँडाे
हुन्छ या हुन्न
भन है चाँडो !
चाकडी सिके
स्वार्थका सामु
विवेक बिके !
सल्लाह शून्य
चढ्दै छन् कार
सल्लाहकार !
मनका काला,
गैंडा झैँ रैछन्
नेताका छाला !
नहाँस यति
राेकिने झैँ भाे
मुटुकाे गति !
यस्तै छ प्रथा,
देखिन्छन् उस्तै
सबैका ब्यथा
मात्रै छ मल,
देखिन छाड्यो
नदीमा जल !
भयाे रछ्यान,
कसरी गर्नु
नदीमा स्नान !
गाँठी छ टन्न
छैन भनेर
छाेड्दैन भन्न !
संधै चटारो
खानु भन्दा नि
चुठ्नै हतारो !
मरेर पनि
अमर छ जाे
सहिद हाे त्याे !
अचम्म कस्तो
सहिद शब्द
हुँदैछ सस्तो !
नाटकै धेरै
सेराे र फेराे
भन्दैछन् मेरै !
कालाे अक्षर
भैंसी हाे भन्छ
त्यै विज्ञ बन्छ !
संधैकाे द्वन्द
राजनीति भाे
साह्रै दुर्गन्ध !
के हुने हाे र ?
कालेकाे सट्टा
आएर गाेराे !
किन याे झेल ?
चुनाव सार्ने
नखेल खेल ।
उ विद्वान् भयाे,
नभएको त
बुद्धि नै न हाे !
बुझ ए भाइ
वेदना नाप्ने
छैन इकाइ !
बिरानो ठाउँ
पस्दैछन् सबै
रुँदैछ गाउँ !
यही हाे तथ्य
गन्तव्य चिता
अन्तिम सत्य !
तिरेर माेल
पाईन्न कतै
खै सिटामाेल !
सुवर्णतुल्य
घट्दै नघट्ने
इन्धन मूल्य
जस्ले गरेनी
राम्रो कुरा त
बेसै भन्नुनी !
जिउने आश
लाचार मान्छे
फेर्दैछ सास
निन्द्रा हरायो
प्यूरीकाे डस्ना
चस्स बिझायाे !
पर्लाऊ फेला
पढिन्न वेद
रिसकाे बेला !
गर्न अधर्म
मान्दैन कैल्यै
दुष्टले शर्म !
आफन्त जात
काेखामा दाँत
गर्दछन् घात !
विवेक छैन
पढेकाे मुर्ख
ज्ञानी हुँदैन !
राेगकाे हुरी
बन्दै भुमरी
बच्ने के गरि ?
हाम्रा हुन् गर्व
हामीले मान्ने
यी चाडपर्व । ✔️
फाइदा जता
दाैडिन्छन् उता
भन्दै ए कता !✔️
नगदे बाली
केवल आँसु
हात छ खाली !✔️
नामै सानीमा
के राख्थिन् बरै
आफ्नो नानीमा !✔️
चढ्दैछ साह्रो
काेराेना पाराे
जाेगिनै गाह्राे !✔️
ब्लगमा राखेका
तात्नु तातियाे
माया साटेरै
रात काटियाे !
जाडोकाे याम
काँप्दैछिन् धरा
सेलाए घाम ।
आँसु मिसिए
उखुका लाँक्रा
नुनिला भए !
नठान घाँडाे
याैटै माघले
जाँदैन जाडो
वीपीको फाेटाे,
काे भनी साेध्छ
काँग्रेसी केटाे !
यी आँखाभरी
जमेका झरी
झरे बेसरी !
लाेभी बनेर
पानीमै दूध
मिसाए हेर !
देख्दा छन् दामी
क्यै छैन भाउ
गर्दा लिलामी
जस्काे थ्याे आश
पारे निराश
रहेछन् दास !
छैन क्यै ईख
दास बनेर
माग्दैछन् भिख !
पराई धन
नताक् है मन
पुगिन्छ वन !
जाेगिए छट्टु
झरेछ तल
न्यायकाे कट्टु !
निथ्रुक्क धरा
पाैषे झरीले
भिजेका गह्रा !
पाैषकाे याम
सेलाए रवि
मधुराे घाम !
बित्यो जवानी,
आयाे बुढ्याैली
जाँदै नजानी !
लेखाैं यसरी
विकृति माथि
घाेचाेस् बेसरी !
फेरेर रङ्ग
छेपाराे बनी
मान्छे छ दङ्ग !!
देखियो यस्तो
मान्छेकाे जिब्रो
सर्पकै जस्तो !
खुलेन चेत
उम्रिए घर
मासिए खेत !
गनायाे अति
टुकुचा जस्तै
भाे वागमती !
बढेछ दम्भ
बेलुन जस्तै
फुले अचम्म !
नभए क्लेश
जीवन शेष
बन्छ बिशेष !
कस्तो बिचित्र
देख्दैनन् आँखा
भित्री चरित्र !
ज्यूँदाेमा भाेकाे
मरेर गए
पिण्डकाे पाेकाे
पिजडा फाेरी
उडेकी चरी
फर्कन्न फेरि
गरेर आश
रहन्छ पास
बिचराे दाश ।
मकलभरी
रापिलाे आगाे
पाेल्याे बेसरी
देख्दा पत्थर,
नमाने ढुङ्गा
माने ईश्वर !
देखियो जात
भन्दै'थे आफ्नो
हानेछन् लात !
परेछ टाँड
अगेनाे भित्रै
पाेखियाे माड !
नपार स्वाङ
पर्लाऊ फेरि
उत्तानो टाङ !
नमानाैं धक
खाेसियाे भन्न
न्यायकाे हक !
कुराे छ खास
मालिक एक
हजारौं दास !
जति छन् जाेगी
देखिए उस्तै
कुर्सीकै लाेभी !
बजार्छ लाठी
कसरी भन्नु
प्रहरी साथी !
पार्टीका झण्डा
ओढेर बस्दा
संधै वितण्डा !
बनेर छट्टु
फुकाली छाडे
न्यायकाे कट्टु !
जाडाेकाे याम
तिमी झैं लाग्छ
पारिलाे घाम !
काेही नमाने,
के गर्थे हाेलान्
चाकडी खाने ?
जनता जिल्ल,
बढेको बढ्यै
इन्धन मूल्य !
महानगर
छैन सुविधा
मात्रै फाेहाेर !
जे छ धनैमा
भन्नू कस्लाई
राखाैं मनैमा !
रेट्ने चाहना,
मुखले भने
शुभकामना !
एकहातकाे
फुटपाथ भाे
हिड्ने कता हाे !
थन्किए मुद्दा
शून्य छ पेशी
काे हाे त दाेषी !
सडक बढ्यो
पार्किङ ठिक्क
देख्दैमा दिक्क !
फाटेकाे मन
सिउन खाेज्दा
च्यातियाे झन् झन् !!
पुगेन ढङ्ग
राज्यका अङ्ग
छन् लथालिङ्ग !
खै मानवता,
दुर्लभ भयाे
दया-ममता !
फरक मात्रा,
जताततै नै
छ गाईजात्रा !
*****
पानीको साटाे
'पाेखरी' भित्र
ढुङ्गा र माटो !
जात जनाए
फाेहाेरजस्तै
सबै गनाए !
माैका नछाडि,
मान्छेले हान्छन्
छुरा पछाडि !
राताम्मे ओठ
छुरा झैँ रैछन्
लागि गाे चाेट !
मात्तिंदैछ झन्
किन हाे कुन्नि
बुढ्याैली मन !
अड्केला हाड
हेरेर घाँटी
मनाओैं चाड !
हरेक राति
बिदेश उड्ने
युवाको ताँती !
सखाप बाली
बचेन केही
आँसु छ खाली !
के बस्थ्याे पाले ?
कात्तिक मैना
मात्तियाे काले !
घाँटीमा कस्दै,
आफन्त रेट्छन्
सारङ्गी जस्तै !
छेड्दैन भाला,
गैंडाकै जस्ता
नेताका छाला !
नघटाेस् जाेश,
प्राणी मात्रको
संधै शुभ हाेस् !
आत्मिय जन,
रहाेस् सबैको
प्रसन्न मन
साना वा ठूला
देखिए उस्तै
ड्याङका मुला !
ऋणको बाेझ
शिरमा बाेकी
नगराैं माेज !
नगराैं अति
क्षमता जति
रमाओैं त्यति !
लाएरै वस्त्र
नाङ्गियाे मान्छे
फाट्दा चरित्र !
बाेल्दैछन् सबै
कार्यकर्ता झैँ,
नेपाली खाेई !
हे पशुपति
त्रिनेत्र खाेल,
भयाे है अति !
खै के-के गरे,
टाउकाबाट
खुट्टैमा झरे !
कस्तो अचम्म,
आएन बुद्धि
उस्तै छ दम्भ !
गीताकाे ज्ञान,
लगाऊँ भन्छ
कर्ममै ध्यान !
सीताजी संग
सुवर्ण मृग,
राम झसङ्ग !
याे कस्तो व्यथा,
राख्नु कि झिक्नु
भाे संघीयता !
सतीकाे श्राप,
थुनियाे साेझाे
हत्या भाे माफ !
मृत्युको जाल,
बल्छीकाे मासु
माछाकाे काल !
माकुरी जाल,
यौटाको मस्ती
अर्काको काल !
देखिन्छ मित्र,
करौंती रेट्छ
उ भित्रभित्र !
मन्दिर कथा,
पण्डाको मस्ती
भोकै देवता !
भयो नजाती,
अचानोजस्तै
चिरियो छाती !
कोईली जन्म्यो
आफ्नो गुंडमा,
काग जिल्लियो !
पोगटो धान,
अन्न विनाको
भो संविधान !
मात्रै भाषण,
बढ्यो विकृति
खै, सुशासन !!
यो कस्तो दाउ,
स्वार्थका लागि
गधा नै बाउ !
सबैका दाउ,
नछाडौं केही
लुटेरै खाउँ !
जाली छन् पूरा,
बोलीले राम
गोजीमा छुरा !
कुर्सी गाेठाले,
सत्ता नभेट्दा
भए चाेथाले !
कुर्सीकाे आश,
नजाने रैछ
छुट्दा' नि सास !
पात्रको शीत
उषाकाे लागि
सन्ध्याकाे प्रीत !
पुर्खाकाे रीति, श्राद्धकाे दिन,
पुत्रकाे कर्म - श्रद्धाले तिराैं
पितृकाे तिथि ! पुर्खाकाे ऋण !
आफन्त माथि,
टाँसिदा तक्मा
लजायाे छाती !
याैटै कहानी,
मुखमा आगाे
बाँकी खरानी !
मात्रै भाषण ?
बढ्यो विकृति
खै, सुशासन !!
श्रद्धाकाे काम,
शास्त्रले भन्छन् -
श्राद्ध हाे नाम !
दैलाे चाहारे,
कार्यकर्ताले
नेता बिगारे !
बनेर गाेटी,
नाङ्गिनु किन
हरेक चाेटी !
फाटेकाे मन,
खाेजेकाे जाेड्न
च्यातिन्छ पाे झन् !
हाँस्याै मसक्क,
घाेच्याे मुटुमा
भयाे चसक्क !
सबैका दाउ,
नछाडाैं केही
लुटेरै खाउँ !
**
जाली छन् पूरा,
बाेलीले राम
गाेजीमा छुरा !
छाडेर गति,
भेडै देखिए
नेता छन् जति !
थुनियाे चरी नाङ्गाकाे बस्ती,
काटियाे प्वाँख, डुब्ने भाे पेशा
उडाेस् कसरी ? बिचरा धाेवी !
घुमेकाे घुम्यै
घडीको सुई,
जहाँको त्यहीं !
घुमेकाे घुम्यै
घडीको सुई,
पुग्दैन कहीं !
गिद्ध हेर्दैनन्
फक्रेकाे फूल,
सिनाे नै ताक्छन् !
हुँदैनन् पूरा
बाेलेका कुरा,
सबै अधुरा !
गीताकाे मर्म,
निष्काम कर्म
त्यागाैं अधर्म !
७
नेपाली पारा, व्यर्थैकाे ठाँट
जे हुन्न भन्यो देखिन्न राम्रो
त्यै गर्छन् सारा ! नेताका छाँट !
गफाडी बानी,
'मैले पारेकाे'
भन्दैथे पानी !
स्वार्थका कुरा
जब'भाे पुरा
घाँटीमा छुरा !
हुँदैछ गाह्रो
फूलले पनि
घाइते पार्यो !
फेर्याैं ब्यवस्था
सुध्रेन केही
उस्तै अवस्था !
झुके नजर
कामे अधर
बिते प्रहर !
मनमा हरि
हुन् संधैभरी
नचलाेस् छुरी !
शब्दका जाल
जनता ढाँट्ने
नेताका चाल !
पुरुष-नारी
घिउ र आगाे
यै हाे चिनारी !
देखियो यस्तै
देश नेताका
दाईजो जस्तै !
जीवन पाटाे
काँडाकाे यात्रा
कठिन बाटाे !
ज्यूंदाेमा लात
मरे घ्यू-भात
मान्छेको जात !
बर्षाकाे याम
बिकासे काम
कमाऊ दाम !
कठै ! याे देश
बृद्ध छन् शेष
युवा बिदेश !
प्रेम उत्कर्ष
पुष्पकाे व्यूह
थुनियाे भृङ्ग !
नाैनी खाएर
माेटायाे ठेकी
मदानी जिल्ल !
पात्र फेरिने
प्रबृत्ति उस्तै
देश दुहुने !
आकासे छाना
भाेका उदर
चिसा अगेना !
जीवन यात्रा
केही मलामी
सकियो जात्रा !
अगाडि चाट्ने
पछाडि काट्ने
मान्छेकाे बानी !
नेताकाे जाल
सकुनी चाल
देश बेहाल !
चाँदनी रात
प्रीयाको साथ
छर्लङ्गै रात !
पिंध तात्दैन,
बिंड तात्दैमा
केही पाक्दैन !
नहुने मेल
संधै नै झेल
कुर्सीकाे खेल !
मुखमा बुद्ध
मनमा युद्ध
मान्छेका पारा !
टुपीमा पुग्दा
धोतीका जुम्रा
रवाफै बेग्लै !
मै मात्र ठूलो
अरु कमिलो
वाह ! घमण्ड !!
जीवन सादा
तनाव आधा
सुख छ ज्यादा !
मान्छेकाे जात
गर्दछ घात
कस्ताे कुजात !
स्वार्थको मेल,
देशको सत्ता -
पुतली खेल !
माैका नछाडि,
मान्छेले हान्छन्
छुरा पछाडि !
सही हाे कुरा,
आजका मान्छे
जिब्रो छ छुरा !
Comments
Post a Comment