Posts

Showing posts from July 19, 2020

झुला गीत

Image
दक्षिणायण, बर्षा ऋतु, साउनकाे महिना । चारैतिर हरियाली, गाेकुल वृन्दावनमा ।। नानारंगी फूलहरु वनैभरी फुले । मीठा मीठा फलहरु, बाेटैभरी झुले ।। पुष्पकाे झुलामा, राधाकृष्ण संगै बसेर । झुल्दैछन् सुस्तरी, हेर्छन् गाेपी मख्ख परेर ।। यमुनाजी उर्लि उर्लि, हेर्छिन् कृष्णलीला । गाेपी-ग्वाला जम्मा हुन्छन्, नगरेर ढिला ।। पशुपंक्षी, रुखपात, लठ्ठ परि हेर्छन् । देवहरु स्तुति गर्दै, पुष्पवृष्टि गर्छन् ।। भुलेछन् भंवरा, वृन्दावनकाे फूल फूलैमा । झुले है श्रीकृष्ण, राधासंग पुष्प झुलामा ।। दही-नाैनी चाेरी खाने, ठेकी फुटाउने । कैले काँही गाेपिनीका, वस्त्र लुकाउने ।। अनेक् अनेक् लीला गरि, दुष्ट नाश गर्ने । उनै एक परमात्मा, सबै हर्ने भर्ने ।। कदमकाे रुखैमा, राधाकृष्ण झुल्छन् हाँसेर । साथ दिन्छन् संगीले, गीत गाई संगै नाचेर ।। पुष्पकाे झुलामा, राधाकृष्ण संगै बसेर । झुल्दैछन् सुस्तरी, हेर्छन् गाेपी मख्ख परेर ।। भुलेछन् भंवरा, वृन्दावनकाे फूल फूलैमा । झुले है श्रीकृष्ण, राधासंग पुष्प झुलामा ।। कदमकाे रुखैमा, राधाकृष्ण झुल्छन् हाँसेर । साथ दिन्छन् संगीले, गीत गाई संगै नाचेर । यही ह