झुला गीत
दक्षिणायण, बर्षा ऋतु, साउनकाे महिना ।
चारैतिर हरियाली, गाेकुल वृन्दावनमा ।।
नानारंगी फूलहरु वनैभरी फुले ।
मीठा मीठा फलहरु, बाेटैभरी झुले ।।
पुष्पकाे झुलामा,
राधाकृष्ण संगै बसेर ।
झुल्दैछन् सुस्तरी,
हेर्छन् गाेपी मख्ख परेर ।।
यमुनाजी उर्लि उर्लि, हेर्छिन् कृष्णलीला ।
गाेपी-ग्वाला जम्मा हुन्छन्, नगरेर ढिला ।।
पशुपंक्षी, रुखपात, लठ्ठ परि हेर्छन् ।
देवहरु स्तुति गर्दै, पुष्पवृष्टि गर्छन् ।।
भुलेछन् भंवरा,
वृन्दावनकाे फूल फूलैमा ।
झुले है श्रीकृष्ण,
राधासंग पुष्प झुलामा ।।
दही-नाैनी चाेरी खाने, ठेकी फुटाउने ।
कैले काँही गाेपिनीका, वस्त्र लुकाउने ।।
अनेक् अनेक् लीला गरि, दुष्ट नाश गर्ने ।
उनै एक परमात्मा, सबै हर्ने भर्ने ।।
कदमकाे रुखैमा,
राधाकृष्ण झुल्छन् हाँसेर ।
साथ दिन्छन् संगीले,
गीत गाई संगै नाचेर ।।
पुष्पकाे झुलामा, राधाकृष्ण संगै बसेर ।
झुल्दैछन् सुस्तरी, हेर्छन् गाेपी मख्ख परेर ।।
भुलेछन् भंवरा, वृन्दावनकाे फूल फूलैमा ।
झुले है श्रीकृष्ण, राधासंग पुष्प झुलामा ।।
कदमकाे रुखैमा, राधाकृष्ण झुल्छन् हाँसेर ।
साथ दिन्छन् संगीले, गीत गाई संगै नाचेर ।
यही हाे वृन्दावन, हामी मिली झुला झुलाऊँ ।
श्रीकृष्ण सम्झेर, आफ्नाे जीवन धन्य बनाऊँ ।।
-समाप्त-
✍️ मुरामि

Comments
Post a Comment