Posts

Showing posts from January 1, 2017

लघुकथा : गाईपालन‬

लघुकथा : गाईपालन‬                                - मुरारीराज मिश्र उस्ले अाफ्नाे घर संगै जाेडिएकाे सार्वजनिक जग्गामा काठ गाडेर मान्द्रोकाे भित्ताे र परालको छानाे राखेर ठूलै कटेराे बनायो । छिमेकीहरूले कटेराे बनाउनुकाे कारण साेध्दा- यस ठाउँमा गाई नभएकोले गाेबर, गहुँत र दुधकाे अभावमा धार्मिक कार्य गर्न कठिनाइ परेकाे हुनाले अाफूले २ वटा गाई पाल्न लागेकाे बतायो, छिमेकीहरूले केही भनेनन् । केही महिनापछि कटेराेमा परालको छानाे हटाएर जस्तापाताकाे छानाे हाल्याे, साेध्दा- पानी चुहिएर गाई भिजेकोले छानाे फेरेको बतायाे, छिमेकीहरू फेरि चुप लागे । केही महिनापछि मान्द्रो हटाएर सिमेन्टकाे जाेडाईमा पाकाे ईंटाकाे गाह्रो लगायाे, साेध्दा- चिसाे हावा र स्याँठले गर्दा गाई बिरामी परेकाे कारण देखायो, छिमेकीहरू फेरि पनि चुपचाप लागे । केही महिनापछि जस्तापाताकाे छानाे हटाएर कंक्रिटकाे पक्की ढलान गर्‍याे, साेध्दा- घामले जस्ता तात्दाकाे राप र पानी परेकाे अावाजले गाईलाई असर परेकोले बाध्य भएर ढलान गरेको बतायो, बिचरा छिमेकीहरू यसपटक पनि केही बाेलेनन् । केहि महिनापछि त्यहाँ गाई थिएनन्, रंगरोगन गरिएकाे "गाेठ

शिव–पञ्चाक्षर स्तोत्रको नेपाली भावानुवाद

शिव–पञ्चाक्षर स्तोत्रको नेपाली भावानुवाद                                      – भावानुवाद  मुरारीराज मिश्र नागको हार घाँटीमा, तीन्वटा छन् नयन पनि । घसेर अङ्गमा भष्म, दिगम्वर भै–रहने उनी ।। संधै शुद्ध अविनाशी, भोलेनाथ महेश्वर ।  “न” कार रुपी श्री शम्भु, नमन मेरो ग्रहण गर ।। मन्दाकिनी नदीजलले, गर्छन् स्नान संधै भरी । पूजा हुंदा चढाईन्छ, चन्दन, पुष्प थरी–थरी ।। प्रथमगण–नन्दीका स्वामी, अधिपति महेश्वर । “म” कार रुपी श्री शम्भु, नमन मेरो ग्रहण गर ।। शिव– बृष ध्वजाधारी, कल्याण–सूर्यरुपी पनि । दक्ष–यज्ञ बिनास गर्ने, स्वामीहुन गौरीका उनी ।। शोभाशाली उनै ईश्वर, नीलकण्ठ महेश्वर । “शि” कार रुपी श्री शम्भु, नमन मेरो ग्रहण गर ।। वशिष्ठ मुनी, इन्द्रादि, गर्छन् शिरको पूजा पनि । चन्द्र, सूर्य र अग्नी तीन, बस्छन् जस्को नयन बनी ।। मुनी–आराध्य उनै शम्भु, आशुतोष महेश्वर । “व” कार रुपी श्री शम्भु, नमन मेरो ग्रहण गर ।। यक्षरुपी, जटाधारी, हातमा हुन्छ पिनाक धनु । सनातन, दिव्य, शक्तिमान् – पुरुष हुन, अरु के भनुं ।। गङ्गाधारी, अविनाशी, दिगम्वर श्री महे

शिव मानसपूजा स्तोत्र (नेपाली भावानुवाद)

Image
     शिव मानसपूजा स्तोत्र               (नेपाली भावानुवाद)                                        – भावानुवाद  मुरारीराज मिश्र हे दीनबन्धु, दयानिधे, हे देव पशुपतिनाथ । गर्न बसेँ म पूजा तिम्रो, छैन सामाग्री साथ ।। रुप सम्झदैँ मनले तिम्रो, भक्ति गर्छु प्रभो । यो सब पूजा–मानसिक हो, ग्रहण गर शम्भो ।।१।। तिम्रो लागि स्वर्ण सिँहासन, मनमै कल्पी बनाएँ । शीतल हिमालयको जलले, तिम्रो स्नान गराएँ ।। रत्न जडेको बस्त्राभूषण– पहि¥याउन ल्याएँ प्रभो । यो सब पूजा–मानसिक हो, ग्रहण गर शम्भो ।।२।। शुद्ध श्रीखण्ड र कस्तुरी हाली ,         चन्दन लेप बनाएँ । अनेकन पुष्प र बेलपत्रको, पुष्पाञ्जलि चढाएँ ।। धूप, दीप सहित शङ्ख बजाई, आरती गर्छु प्रभो । यो सब पूजा–मानसिक हो, ग्रहण गर शम्भो ।।३।। स्वर्णपात्रमा दहि, दुध, घिउ र सर्वत हाली ल्याएँ । जे–जति सम्झेँ – व्यञ्जन सारा, तिम्रै लागि बनाएँ ।। पान, सुपारी र फल पनि ल्याई, चढाउँदैछु प्रभो । यो सब पूजा–मानसिक हो, ग्रहण गर शम्भो ।।४।। छत्र, चवँर अनि दर्पण पङ्खा, कल्पी–कल्पी बनाएँ । मृदङ्ग, वीणा, दुन्दुभी बाजा, जानी–नजानी बजाएँ ।। न

केहि भजनहरु

            केहि भजनहरु                                           – मुरारीराज मिश्र 1                 भजन चौरासी लाख जुनी, बिताई कष्ट साथ । पाएँ मनुष्य चोला, तिम्रै कृपाले नाथ ।। सानो छँदा म रुन्थें, भोक प्यास तृप्त गर्न । बढ्दै गएँ जति म, गर्दै गएँ कुकर्म ।। आशक्ति, लोभ, मोह, छुट्दैन – छन् यि साथ । पाएँ मनुष्य चोला, तिम्रै कृपाले नाथ ।। यौवन ढल्यो, शरिरमा – छाएर बृद्घावस्था । सम्झें प्रभुलाई बल्ल, आएर – यो अवस्था ।। माफी दिई मलाई, लैजाऊ आफ्नै साथ । पाएँ मनुष्य चोला, तिम्रै कृपाले नाथ ।। यो जिन्दगी म ठान्छु – मझधारको हो नाउ । नदेऊ डुब्न आऊ, मलाई पार लाऊ ।। भवपार तर्नलाई – चाहिन्छ तिम्रै साथ । पाएँ मनुष्य चोला, तिम्रै कृपाले नाथ ।। चौरासी लाख जुनी, बिताई कष्ट साथ । पाएँ मनुष्य चोला, तिम्रै कृपाले नाथ ।।    2         भजन ए मन, गर है तँ प्रभुको स्मरण । जीवन नाउ तेरो उतार्ने, एक प्रभु उहि छन् । ए मन, गर है तँ प्रभुको स्मरण ।। जन्मिस खाली हात रुँदै तँ, खाली हात नै जान्छस् । तै पनि मूर्ख ! किन यो सम्पत्ति– आफ्नै भन्ने ठान्छस् ? नाता–गोता, स्वप्न सरी हुन