केहि भजनहरु

            केहि भजनहरु
                                          – मुरारीराज मिश्र

1                 भजन

चौरासी लाख जुनी, बिताई कष्ट साथ ।
पाएँ मनुष्य चोला, तिम्रै कृपाले नाथ ।।

सानो छँदा म रुन्थें, भोक प्यास तृप्त गर्न ।
बढ्दै गएँ जति म, गर्दै गएँ कुकर्म ।।
आशक्ति, लोभ, मोह, छुट्दैन – छन् यि साथ ।
पाएँ मनुष्य चोला, तिम्रै कृपाले नाथ ।।

यौवन ढल्यो, शरिरमा – छाएर बृद्घावस्था ।
सम्झें प्रभुलाई बल्ल, आएर – यो अवस्था ।।
माफी दिई मलाई, लैजाऊ आफ्नै साथ ।
पाएँ मनुष्य चोला, तिम्रै कृपाले नाथ ।।

यो जिन्दगी म ठान्छु – मझधारको हो नाउ ।
नदेऊ डुब्न आऊ, मलाई पार लाऊ ।।
भवपार तर्नलाई – चाहिन्छ तिम्रै साथ ।
पाएँ मनुष्य चोला, तिम्रै कृपाले नाथ ।।

चौरासी लाख जुनी, बिताई कष्ट साथ ।
पाएँ मनुष्य चोला, तिम्रै कृपाले नाथ ।।


   2         भजन

ए मन, गर है तँ प्रभुको स्मरण ।
जीवन नाउ तेरो उतार्ने,
एक प्रभु उहि छन् ।
ए मन, गर है तँ प्रभुको स्मरण ।।

जन्मिस खाली हात रुँदै तँ,
खाली हात नै जान्छस् ।
तै पनि मूर्ख ! किन यो सम्पत्ति–
आफ्नै भन्ने ठान्छस् ?

नाता–गोता, स्वप्न सरी हुन,
सुख हुँदाका साथी ।
आपद् पर्दा कोहि हँुदैनन्–
मोह नगर्नु नै जाती ।।

जीवन तेरो, तैं होस् सपार्ने,
आशा नगर्नु अरुको ।
लोभ, घमण्ड र ममता त्यागी–
शरणमा जा तँ प्रभुको ।।

ए मन, गर है तँ प्रभुको स्मरण ।
जीवन नाउ तेरो उतार्ने,
एक प्रभु उहि छन् ।
ए मन, गर है तँ प्रभुको स्मरण ।।


3          भजन

गीरिजा नन्दन, हे गणनायक,
ऋद्धि–शिद्धिका स्वामी ।
बिध्न विनाशक, प्रथमपूज्य प्रभु,
पूजन गर्छाैं हामी ।।

लम्बोदर प्रभु, गजमुखधारी,
मुषकवाहन तिम्रो ।
शिवका प्यारा, एकदन्त तिमी,
पूजा ग्रहण गर हाम्रो ।।

ब्रह्मा स्वयं पनि, सृष्टि गर्नलाई,
पूजन गर्छन् जस्को ।
त्यस्ता तिम्रो, आश्रय छाडि,
जाउँ शरणमा म कस्को ?

चन्द्र बिनायक, सूर्य बिनायक,
नाम अनेकौं तिम्रो ।
करुणामूर्ति, मङ्गलदाता,
गर रक्षा लौ हाम्रो ।।


4              भजन

शङ्कर, शम्भो, दयानिधे, भोले, त्रिनेत्रधारी ।
प्राणीहरुका पालनकर्ता, तिमी नै हौ त्रिपुरारी ।।

चन्द्र सुशोभित जटामा तिम्रो, नाच्छिन गङ्गामाता ।
डमरु–त्रिशुल छ – करमा तिम्रो, तिमी नै बिश्वबिधाता ।।
बेरी कण्ठमा नागका गहना, देहमा भष्म दलेर ।
बाघको छाला पहिरी गाथमा, हिँड्छौ बृषमा चढेर ।।
ॐकारेश्वर, हे परमेश्वर, कण्ठ कालकूटधारी ।
प्राणीहरुका पालनकर्ता, तिमी नै हौ त्रिपुरारी ।।

भूत–प्रेतका बिचमा बसेर, भाङ – धतुरो खान्छौ ।
देव, दैँत्य, अनि नर र पशुहरु, बालक आफ्नै ठान्छौ ।।
नन्दी–भृङ्गीहरु साथ लिएर, कैलाश निवास गर्ने ।
गर रक्षा लौ – हामी सवैको, तिमी नै हर्ने–भर्ने ।।
हे गीरिजापति, पशुपति, तिमी नै – दुष्ट असुर सँहारी ।
प्राणीहरुका पालनकर्ता, तिमी नै हौ त्रिपुरारी ।।

शङ्कर, शम्भो, दयानिधे, भोले, त्रिनेत्रधारी ।
प्राणीहरुका पालनकर्ता, तिमी नै हौ त्रिपुरारी ।।


               
 5               भजन

स्तुति, पाठ, मन्त्र–यन्त्र, जान्दिन केहि माता ।
यति जान्दछु तिमी नै, हौ – बिश्वकी बिधाता ।।

म हुँ – लोभी, दम्भी, स्वार्थी, दुर्बुद्घि, दुष्ट–दास ।
म हुँ – दीन, हीन–मूर्ख, गर्दैछु भोग–बिलास ।।
म त वेद, शास्त्र, चण्डि, जान्दिन केहि माता ।
यति जान्दछु तिमी नै, हौ – बिश्वकी बिधाता ।।

न त भक्ति, पुण्य, तीर्थ, न त दान, ध्यान जान्छु ।
न त चन्द्र, सूर्य, पृथ्वी, न त कोहि देव मान्छु ।।
म त धर्म–कर्म, ज्ञान, जान्दिन केहि माता ।
यति जान्दछु तिमी नै, हौ – बिश्वकी बिधाता ।।

म अनाथ, जीर्ण–रोगी, दुर्बल, अशक्त, पापी ।
म हँुदैछु नष्ट माता, केहि छैन मेरो बाँकी ।।
म त माग्दछु “सुबुद्धि”, जान्दिन केहि माता ।
यति जान्दछु तिमी नै, हौ – बिश्वकी बिधाता ।।

स्तुति, पाठ, मन्त्र–यन्त्र, जान्दिन केहि माता ।
यति जान्दछु तिमी नै, हौ – बिश्वकी बिधाता ।।

********************************

Comments

Popular posts from this blog

पिता धर्मः पिता स्वर्गः ..... सर्वतीर्थमयी माता

भजन/श्लोक (भावानुवाद)

नियात्रा : बाघ बस्ने अँध्यारो गुफाभित्र पस्दा...