Posts

Showing posts from May 24, 2020

चिन्तन

Image
मर्नु छंदै छ एकदिन, बिर्सन्छ किन मनले ? आउँछ अन्त्य बेला, गर्दैन केही धनले !! लाग्छन् अनेक राेग, सिथिल हुन्छ तन याे । ईर्ष्या र लाेभ-माेह, मान्दैन छाेड्न मन याे ।। आराम खाेज्छ देह, दिंदैन मुर्ख मनले ! मृत्यु समीप पुग्दा, गर्दैन केही धनले !! धन् सम्पत्ति र बस्तु, जे छन् सबै घरैमा । छाेडि छ जानु एक्लै, कात्राे भिरी शरीरमा ।। चाेला छ याे अनित्य, बुझ्दैन स्वार्थी मनले ! आगाेमै बल्छ देह, गर्दैन केही धनले !! मर्नु छंदै छ एकदिन, बिर्सन्छ किन मनले ? आउँछ अन्त्य बेला, गर्दैन केही धनले !!                                     ✍ मुरामि