चिन्तन


मर्नु छंदै छ एकदिन, बिर्सन्छ किन मनले ?
आउँछ अन्त्य बेला, गर्दैन केही धनले !!

लाग्छन् अनेक राेग, सिथिल हुन्छ तन याे ।
ईर्ष्या र लाेभ-माेह, मान्दैन छाेड्न मन याे ।।
आराम खाेज्छ देह, दिंदैन मुर्ख मनले !
मृत्यु समीप पुग्दा, गर्दैन केही धनले !!

धन् सम्पत्ति र बस्तु, जे छन् सबै घरैमा ।
छाेडि छ जानु एक्लै, कात्राे भिरी शरीरमा ।।
चाेला छ याे अनित्य, बुझ्दैन स्वार्थी मनले !
आगाेमै बल्छ देह, गर्दैन केही धनले !!

मर्नु छंदै छ एकदिन, बिर्सन्छ किन मनले ?
आउँछ अन्त्य बेला, गर्दैन केही धनले !!
                                    ✍ मुरामि


Comments

Popular posts from this blog

पिता धर्मः पिता स्वर्गः ..... सर्वतीर्थमयी माता

भजन/श्लोक (भावानुवाद)

नियात्रा : बाघ बस्ने अँध्यारो गुफाभित्र पस्दा...