Posts

Showing posts from September 25, 2022

मुक्तकहरु २

Image
घाउ गाेडामा छ, पाखुरामा मल्हम दल्दैछन् लाग्छ सबै विद्वान्‌हरु, रिमाेटबाट चल्दैछन् खै, याे प्रभाव राजनीतिकाे हाे वा माैसमकाे घिराैंलाकाे बाेटभरी, तितेकरेला फल्दैछन् !!                                            एकातिर टाठाबाठाहरु, सत्ताकाे आडमा माेजमस्ति गर् छन् अर्कातिर सर्वसाधारणहरु, सिटामाेलै नपाएरै मर्छन् प्राथमिकतामा `अस्पताल´ कहिल्यै पनि परेन याे देशमा नेता भने भ्यूटावर र शालिक, बनाउन मात्रै अघि सर्छन् ! संघर्ष हाे जीवन, काेही हार्छन् कसैले बाजि मार्छन् काेही काेकाेहाेलाे गरि बस्छन्, काेही मन शान्त पार्छन्   आखिर एउटै त हाे नि, पीडा र वेदना सबैकाे  फरक यै छ - कोही आँसु झार्छन्, कोही हाँसेर टार्छन् !! आशाको डाेरी समाऊ, आँखाकाे आँसु लुकाऊ, खुच्चिङ् भन्ला समाजले ढाेका खाेल्दा मुस्कुराऊ । प्रजातान्त्रिक भनिने, संस्कार खै कता गाे ? सबैतिर, टीके र हुकुमी प्रथा हावी भाे ! पाउँदा चुप, नपाए मात्रै रुने हुन् सबै अलिकति भएनि, लाज त लाग् नै पर्ने हाे ! कतै दिएर, कतै नदिएर, विधाताले मन जाँचेकाे छ सहयोगी भावना सबैमा आउने, उस्ले आशा साँचेकाे छ भनिसाध्यै छैन, कति सन्तुष्टि मिल्छ, कसैकाे