Posts

Showing posts from September 1, 2019

राष्ट्र बन्दना

           राष्ट्र बन्दना मलाई मेरो मनले संधै, यही भन्ने गर्छ - 'ऋणी छाैं है देशका हामी, ऋण तिर्नुपर्छ' ।। देश भन्नु भूगोल मात्रै, हैन भावना हाे, हिमाल, पहाड, तराई सबै, हाम्रै अाँगन हाे । मेची-काली, हाम्राे नशा भित्र बग्नुपर्छ, मलाई मेरो मनले संधै, यही भन्ने गर्छ ।। जातजाति, भाषाभेष, संस्कृति र धर्म, पहिचान हाे हाम्रो देशको, एकताको मर्म । परिअाए देशका लागि, प्राणै त्याग्नुपर्छ, मलाई मेरो मनले संधै, यही भन्ने गर्छ ।। मठ-मन्दिर, गुम्वा-चैत्य, मस्जिद, गुरुद्वारा, द्वेष नराख, कर्म गर, भन्छन् धर्म सारा । पहिला हामी नेपाली हाैं, यति बुझ्नुपर्छ, मलाई मेरो मनले संधै, यही भन्ने गर्छ ।। मलाई मेरो मनले संधै, यही भन्ने गर्छ - 'ऋणी छाैं है देशका हामी, ऋण तिर्नुपर्छ' ।।                      - समाप्त -                                - मुरारीराज मिश्र, याे कवितालाई तलकाे लिंकमा पनि पढ्न सकिनेछ- https://sahityapost.com/2020/05/4985/