राष्ट्र बन्दना

           राष्ट्र बन्दना
मलाई मेरो मनले संधै, यही भन्ने गर्छ -
'ऋणी छाैं है देशका हामी, ऋण तिर्नुपर्छ' ।।

देश भन्नु भूगोल मात्रै, हैन भावना हाे,
हिमाल, पहाड, तराई सबै, हाम्रै अाँगन हाे ।
मेची-काली, हाम्राे नशा भित्र बग्नुपर्छ,
मलाई मेरो मनले संधै, यही भन्ने गर्छ ।।

जातजाति, भाषाभेष, संस्कृति र धर्म,
पहिचान हाे हाम्रो देशको, एकताको मर्म ।
परिअाए देशका लागि, प्राणै त्याग्नुपर्छ,
मलाई मेरो मनले संधै, यही भन्ने गर्छ ।।

मठ-मन्दिर, गुम्वा-चैत्य, मस्जिद, गुरुद्वारा,
द्वेष नराख, कर्म गर, भन्छन् धर्म सारा ।
पहिला हामी नेपाली हाैं, यति बुझ्नुपर्छ,
मलाई मेरो मनले संधै, यही भन्ने गर्छ ।।

मलाई मेरो मनले संधै, यही भन्ने गर्छ -
'ऋणी छाैं है देशका हामी, ऋण तिर्नुपर्छ' ।।
                     - समाप्त -
                               - मुरारीराज मिश्र,

याे कवितालाई तलकाे लिंकमा पनि पढ्न सकिनेछ-
https://sahityapost.com/2020/05/4985/

Comments

Popular posts from this blog

पिता धर्मः पिता स्वर्गः ..... सर्वतीर्थमयी माता

भजन/श्लोक (भावानुवाद)

नियात्रा : बाघ बस्ने अँध्यारो गुफाभित्र पस्दा...