हु न त, धर्म भन्ने कुरा मानिसको ब्यक्तिगत आस्थाको बिषय हो । कसैलाई पूजापाठ र तीर्थस्थल भ्रमणबाट धर्म आर्जन हुन्छ भन्ने लाग्छ त कसैलाई दान र सेवाबाट । आफूलाई जे रुचिकर लाग्छ त्यै नै गर्ने मानवीय स्वभाव भएकाले अरुलाई अप्ठ्यारो नपरुन्जेल कसैको व्यक्तिगत रुचिप्रति अरुले अन्यथा मान्नुपर्ने कुरै छैन । हाम्रो समाज आडम्बरी पनि छ । अझै पनि दान गर्न तथा देवतालाई चढाउन दैनिक प्रयोगमा आउने भन्दा कमसल र सस्तो सामान किन्छन् मानिसहरु । जवकि, यस्तो कार्यमा राम्रो गुणस्तरको बस्तुको प्रयोग गर्नु पर्ने हो । ताकि दिनेलाई पनि आत्मसन्तुष्टि होस् र पाउनेले पनि राम्रोसँग प्रयोग गर्न पाओस् । प्रसंग, गौरीघाट, गुह्येश्वरी र पशुपति क्षेत्रतिर बाँदरलाई खाना खुवाएर धर्म आर्जन गर्न खोज्ने ब्यक्तिहरुको नैतिकता र प्रवृत्तिको हो । दैनिकरुपमा उक्त स्थानहरूमा बाँदरलाई खाना खुवाउने नाममा कुहिएर फाल्नुपर्ने अवस्थाका फलफुल, कालो निलो ढुसी परेका रोटी–पाउरोटी–पीठोका डल्ला र बिस्कुट आदि यत्रतत्र फालेको देखिन्छ । कसैकसैले त भरियालाई नै बोकाएर उक्त सामानहरु ल्याएर यत्रतत्र छर्ने गरेका छन् । मानौं, कुहिएका फलफूल र अखाद्य सामाग्र