Posts

Showing posts from May 15, 2022

लघुकथा: निर्वाचन

✍️ मुरारीराज मिश्र याे यस्ताे छ । याे उस्तो छ । यसले समाजमा यस्ताे सकारात्मक सन्देश दिन्छ । यसपछि यस्तो हुन्छ । उस्तो हुन्छ, यस क्षेत्रले फड्को मार्छ । यस्तै-यस्तै खालका भड्किलो प्रचारप्रसार, आश्वासनका पुलिन्दा । कराेडाैं खर्च । अन्त्यमा, निरासाजनक परिणाम अर्थात् हातलाग्याे शून्य ! यस्तै, 'फ्लप' चलचित्रको स्वरुप हाे निर्वाचन ! ~~~~~ (उमामहेश्वर मार्ग, कामपा-७, कुमारीगाल, काठमाडौं)

लघुकथा: प्रायश्चित

✍️ मुरारीराज मिश्र पुराना नेता र पार्टीका ब्यवहारबाट आजित भएकाे उ यसपटकको स्थानीय निर्वाचनमा भने खुलेरै स्वतन्त्र युवा उम्मेदवारकाे पक्षमा लागेको थियोे । जुन कुरा ठूलै पार्टीका वडाध्यक्षका उम्मेदवार उस्काे छिमेकीलाई पटक्कै चित्त बुझेकाे थिएन ।  यसअघि आफ्नो पक्षमा मत माग्दै हिंड्ने उस्लाई स्वतन्त्रकाे पक्षमा नलाग्न छिमेकीले लाेभ-लालच र घुमाउरो किसिमले धम्की पनि नदिएको हैन, तर उ आफ्नो अडानमा अडिग रह्यो । फलतः स्वतन्त्र उम्मेदवार अत्यधिक मतले वडाध्यक्ष पदमा बिजयी भयाे । छिमेकीले हारे पनि बाँकी चार सदस्यमा भने उस्कै प्यानलका पार्टी उम्मेदवारहरुले जित हासिल गरे । समय बित्दै गयाे । तर बर्ष दिन पनि नबित्दै वडाध्यक्षले राजिनामा गरेकाे खबर फैलियो ! त्यसै साँझ छिमेकीले उसलाई सुनायाे - 'तपाईंले स्वतन्त्रलाई जिताएर के-के न पुरुषार्थ गरें भन्नुहुन्थ्यो नि ! खै त त्यसले केही गर्न सकेन ! वडामा हाम्रो बहुमत भएकाेले हामीले वडाध्यक्षलाई हरेक कुरामा असहयोग गरेर आखिर राजिनामा दिन बाध्य पार्‍याैं ! यसपालि मलाई नजिताएर तपाँईहरुले ठूलाे गल्ती गर्नुभयो !'  त्याे सुनेर उस्ले हात जाेडेर छिमेकीलाई भन्याे