लघुकथा: निर्वाचन
✍️ मुरारीराज मिश्र
याे यस्ताे छ । याे उस्तो छ । यसले समाजमा यस्ताे सकारात्मक सन्देश दिन्छ । यसपछि यस्तो हुन्छ । उस्तो हुन्छ, यस क्षेत्रले फड्को मार्छ । यस्तै-यस्तै खालका भड्किलो प्रचारप्रसार, आश्वासनका पुलिन्दा । कराेडाैं खर्च । अन्त्यमा, निरासाजनक परिणाम अर्थात् हातलाग्याे शून्य !
यस्तै, 'फ्लप' चलचित्रको स्वरुप हाे निर्वाचन !
~~~~~
(उमामहेश्वर मार्ग, कामपा-७, कुमारीगाल, काठमाडौं)
Comments
Post a Comment