Posts

Showing posts from September 19, 2021

लघु काव्य विधा : छेस्का

Image
                             ✍️ मुरारीराज मिश्र प्रा चीनकाल देखि नै मानिसले आफ्ना भावनाहरु विभिन्नरुपले उजागर गर्दै आएको छ । यसै क्रममा वेद पुराणादि बृहत् ग्रन्थहरु जन्मिए । बिस्तारै मानिसको रुचि साहित्यतर्फ आकर्षित हुँदै गयाे । ठूलाठूला महाकाव्य, खण्डकाव्य, काव्य लगायतका विविध साहित्यिक कृतिहरु रचिए । साहित्यफाँट उर्वर बन्याे । हुन त, अहिले पनि महाकाव्य, खण्डकाव्य नलेखिने हैनन् फाट्टफुट्ट लेखिन्छन्, तर पहिलेको जस्तो फुर्सदिलाे समय छैन । जीविकाेपार्जनकाे क्रममा लेखक-पाठक सबै व्यस्त  छन् । लामाे रचना लेख्ने र पढ्ने फुर्सद कसैलाई छैन । तसर्थ, मानिस छाेटा रचना तर्फ आकर्षित भएका छन् । कथाकाे छाेटाेरुपमा लघुकथाले बेग्लै स्थान जमाईसकेकाे छ । साहित्यमा सबैभन्दा बढी लेखिने विधा कविताकाे क्षेत्रमा पनि विविध प्रयाेग भएर यसका लघु तथा सुक्ष्म-लघुरुपमा मुक्तक, हाइकु, मिनी हाइकु,  साईनाे, डाली, सुसेली, उदक, झर, बाछिटा, शीत, वुंद आदि नव काव्य विधाकाे उदय भएका छन् । यसै सेरोफेरोमा करिव दुई बर्ष अघि साहित्याकाशमा देखापरेकाे ' छेस्का ' नामक सुक्ष्म लघुकाव्य पनि हाल: चर्चामा छ । विभिन्न छापा तथा