Posts

Showing posts from March 8, 2020

तिर्थ यात्रा: संस्मरण (गढीमाई देखि परशुराम कुण्ड सम्म)

Image
✍ मुरारीराज मिश्र लेखक छर छिमेक तथा ईष्टमित्रहरु संगको सरसल्लाहबाट तिर्थ यात्रा जाने कार्यक्रम तय भयो । यात्रा ब्यवस्थापकसंग बसेर यात्राको प्याकेज बन्यो हाम्रो यात्राको मुख्य गन्तव्य तथा उद्देश्य नेपालका प्रसिद्ध गढीमाई, छिन्नमस्ता भगवती, सानो पाथिभरा, जनकपुरधाम, दन्तकाली, बुढासुब्बा, पिण्डेश्वर महादेव, अर्जुनधारा, सताक्षी धाम लगायत भारतका आसाम राज्यमा अवस्थित कामरुप कामाख्या मन्दिर, अरुणाञ्चल राज्यको परशुराम कुण्ड र सिक्किम स्थित सर्वेश्वरा धाम (नयाँ चारधाम) दर्शन गर्ने र बाटोमा पर्ने बिभिन्न देवस्थलको दर्शन एवम् पर्यटकीय स्थलहरुको अवलोकन गर्ने थियो। १३ दिने हाम्रो यात्रा प्याकेजमा बिहानको चिया, खाना र बेलुकीको खाना गरि दुई छाक खाना, बास र बसभाडा समावेश थियो भने, यी बाहेक साईट सिन गर्दा लाग्ने तथा अन्य खर्च भने आफैंले ब्यहोर्नु पर्थ्यो । कामरुप कामाख्या दर्शन पश्चात् तिर्थ यात्रा टाेली फागुन ४ गते बिहान ६ बजे हामी १५ जना तिर्थयात्री, यात्रा ब्यवस्थापक टोली र चालक दलका ५ जना गरि जम्मा २० जना सवार बस तिर्थ यात्राको लागि काठमाडौंबाट प्रस्थान गर्यो । मौसम सफा भएतापनि चिसो भ

भजन

ठानेर दास आफ्नाे, माता कृपा गरिदेऊ । म भित्र हुर्किएकाे, माेह-घमण्ड हरिदेऊ ।। तेराे र मेराे भन्दै, धन् सम्पत्ति जुटाएँ । दानादी गर्न छाेडी, त्यै सम्पत्ति लुटाएँ ।। आएँ म खाली हात, माता दया गरिदेऊ । म भित्र हुर्किएकाे, माेह-घमण्ड हरिदेऊ ।। आफू र सन्ततिकै, खातिर खटें सधैं म । जानीनजानी मैले, कत्ति गरें कुकर्म ।। नासी सबै ती पाप, माता क्षमा गरिदेऊ । म भित्र हुर्किएकाे, माेह-घमण्ड हरिदेऊ ।। याे देहरुपी नाैका, ढलपल् गरिरहेछ । संसाररुपी सागर, तर्नै कठिन हुँदैछ ।। नाैका लगाऊ पार, आशा पूरा गरिदेऊ । म भित्र हुर्किएकाे, माेह-घमण्ड हरिदेऊ ।। ठानेर दास आफ्नाे, माता कृपा गरिदेऊ । म भित्र हुर्किएकाे, माेह-घमण्ड हरिदेऊ ।।                             ✍ मुरारीराज मिश्र