भजन

ठानेर दास आफ्नाे, माता कृपा गरिदेऊ ।
म भित्र हुर्किएकाे, माेह-घमण्ड हरिदेऊ ।।

तेराे र मेराे भन्दै, धन् सम्पत्ति जुटाएँ ।
दानादी गर्न छाेडी, त्यै सम्पत्ति लुटाएँ ।।
आएँ म खाली हात, माता दया गरिदेऊ ।
म भित्र हुर्किएकाे, माेह-घमण्ड हरिदेऊ ।।

आफू र सन्ततिकै, खातिर खटें सधैं म ।
जानीनजानी मैले, कत्ति गरें कुकर्म ।।
नासी सबै ती पाप, माता क्षमा गरिदेऊ ।
म भित्र हुर्किएकाे, माेह-घमण्ड हरिदेऊ ।।

याे देहरुपी नाैका, ढलपल् गरिरहेछ ।
संसाररुपी सागर, तर्नै कठिन हुँदैछ ।।
नाैका लगाऊ पार, आशा पूरा गरिदेऊ ।
म भित्र हुर्किएकाे, माेह-घमण्ड हरिदेऊ ।।

ठानेर दास आफ्नाे, माता कृपा गरिदेऊ ।
म भित्र हुर्किएकाे, माेह-घमण्ड हरिदेऊ ।।
                            ✍ मुरारीराज मिश्र

Comments

Popular posts from this blog

पिता धर्मः पिता स्वर्गः ..... सर्वतीर्थमयी माता

महिला शिक्षा र पद्मकन्या विद्याश्रम

चैतलाेङ अर्थात् चित्लाङ पुगेर फर्केपछि …