लघुकथा: "प्यास"
✍️ मुरारीराज मिश्र, पूर्वनिर्धारित कार्यक्रम अनुसार केही दिनकाे तीर्थयात्राकाे हामी छब्बीस जनाकाे टाेली घरबाट निस्कियाैं । यात्रा ब्यवस्थापकले पानीको ब्यवस्था आ-आफैं गर्नुस् भनेकाे सम्झी मैले बाटोमा बस राेक्न लगाएर दस कार्टुन पानी किनें । `धर्म गर्न हिंडेकाे मान्छे, कहाँ तपाईंको मात्रै खानु बाबुु ? म पनि किन्छु ।´ भन्दै छिमेकी दिदीले अर्को दस कार्टुन पानी थप्नुभयाे । `लाै बधाई छ, पानी खुवाएर तपाईंहरुले सबै धर्म लुट्ने भईहाल्नु भाे ।´ एकजना सहयात्रीले हाँस्दै भने । `माैका आईहाल्छ, त्याे बेला तपाईं पनि लुट्नु हाेला नि त !´ मैले जवाफ फर्काएँ । बातावरण हल्का गर्मी भएकाले पानीको ब्यवस्थाबाट सबैलाई राहत मिल्याे । यात्रा अघि बढ्दै गयाे । निश्चित ठाउँमा खानाको लागि राेकियाैं । बस चढ्न लाग्दा खाना खाएको ठाउँको वरिपरि आधा पानी भएका बाेतल यत्रतत्र देखिए । बसकाे भूइंमा पनि आधा पानी भएका बाेतल त्यसरी नै छरिएका थिए । मैले छरपस्ट बाेतल उठाएर जम्मा गरें । तर जुठाे हुन्छ भनेर त्याे कसैले खाएनन् । प्यास लाग्दा उनीहरू पुन: भरिएकै बाेतल झिक्थे र अलिकति खाई बाँकी त्यतिकै छाेडिदिन्थे । सहयात्री