Posts

Showing posts from August 21, 2022

सरकारी बेवास्तामा : विद्यालय कर्मचारी

Image
✍️  मुरारीराज मिश्र शिक्षा क्षेत्र र विद्यालय सञ्चालनको कुरा गर्दा हामीकहाँ सधैँ विद्यार्थी र शिक्षकको मात्रै चर्चा हुने गरेको छ । सरकारले पनि यी दुई पक्षलाई मात्रै सुविधा र ध्यान दिएको छ । विद्यालय सञ्चालनमा महत्वपूर्ण भूमिका खेल्ने बालविकास शिक्षक र विद्यालय कर्मचारीहरुको भने सामान्यतया कतै उल्लेख समेत गरिन्न । उनीहरुलाई न त राज्यले नै कुनै सुविधा दिन्छ, संरक्षण गर्नु त परैको कुरो । यस प्रकार विद्यालय कर्मचारीहरु सवै क्षेत्रको पूर्णतः बेवास्ताका कारण ओझेलमा परेका छन् । यही सरकारी बेवास्ताका कारण नेपाल विद्यालय कर्मचारी परिषद्काे आव्हानमा देशभरका विद्यालय कर्मचारीहरु दस दिन देखि माइतीघर मण्डलामा आन्दोलनरत छन् । यसै क्रममा विद्यालय कर्मचारीहरुले राजधानीमा विशाल र्‍याली र पत्रकार सम्मेलन समेत गरिसकेका छन् । तर पनि हालसम्म समस्या ज्यूँ का त्यूँ छ । कुनैपनि विद्यालयको सुचारु सञ्चालन शिक्षक–कर्मचारी–विद्यार्थीको त्रिपक्षिय सहयोग र समन्वयबाट मात्रै सम्भव हुन्छ । एक विना अर्को अपुरो हुन्छ । शिक्षक र विद्यार्थीको सिक्ने सिकाउने कार्यमा विद्यालय कर्मचारीहरुले प्रत्यक्ष र अप्रत्यक्ष दुवै रुपल