Gajal
गजल कोलाहल र त्रासै–त्रासमा बाँचिरहेछ मान्छे नसहेको चोटै छैन, अचानो बनेकोछ मान्छे । अभाव, पीडा र छट्पटीले प्रतिक्षण जल्दै जिउनुको नाममा अकाल मृत्यु मरिरहेछ मान्छे । गाँस, वास र कपासको परिपूर्तिको लागि यन्त्रमानव बन्नलाई विवश छ मान्छे । मायां, दया र करुणा उसँग अव बाँकी छैन स्वार्थवश पशुभन्दा पनि तल खसेको छ मान्छे । विश्वास छैन आज–भोलि यहाँ कसैको पनि मुखमा राम–राम बगलीमा छुरा बोक्छ मान्छे । ——— मुरामि