Gajal

गजल

कोलाहल र त्रासै–त्रासमा बाँचिरहेछ मान्छे 
नसहेको चोटै छैन, अचानो बनेकोछ मान्छे । 

अभाव, पीडा र छट्पटीले प्रतिक्षण जल्दै 
जिउनुको नाममा अकाल मृत्यु मरिरहेछ मान्छे । 

गाँस, वास र कपासको परिपूर्तिको लागि 
यन्त्रमानव बन्नलाई विवश छ मान्छे । 

मायां, दया र करुणा उसँग अव बाँकी छैन 
स्वार्थवश पशुभन्दा पनि तल खसेको छ मान्छे । 

विश्वास छैन आज–भोलि यहाँ कसैको पनि 
मुखमा राम–राम बगलीमा छुरा बोक्छ मान्छे । 
                                
                                           ———  मुरामि

Comments

Popular posts from this blog

पिता धर्मः पिता स्वर्गः ..... सर्वतीर्थमयी माता

भजन/श्लोक (भावानुवाद)

नियात्रा : बाघ बस्ने अँध्यारो गुफाभित्र पस्दा...