Posts

Showing posts from March 19, 2023

प्रार्थना : छँदा गर्भमा साेच्दथें ...

छँदा गर्भमा, साेच्दथें याे म गर्छु । सबै जीवकाे हितमा, लागिपर्छु ।। जसै जन्मिएँ, त्याे सबै विस्मरण भाे । म हुँ शक्तिशाली, यही मात्र भ्रम भाे ।। न कैले मनैमा, हरिनाम लेखें । न दुखीहरुमा, प्रभुलाई देखें ।। न भाेकाहरुलाई, खाना खुवाएँ  । नराखी दयाभाव, उल्टै रुवाएँ ।। म खाउँ, म बाँचु, रह्यो साेच यत्ति । बन्याे चित्त सानाे, झिंगा-शिर जत्ति ।। न बाँडे कतै प्रेम, बन्दै सुपात्र ।। संधै मै हुँ भन्दै, बनें दम्भी मात्र ।। न संगत गरें साधु, सज्जनहरुकाे । गरि रिस मात्रै, बसें म अरुको ।। फलेको कुनै, बृक्षजस्ताे झुकिन । पूरा गर्न स्वार्थ, म कैले चुकिन ।। न सत्कर्म, शास्त्रादिमा, मन लगाएँ । न भाे पाठपूजा, त्यसै दिन बिताएँ ।। न तीर्थै घुमे म, न गङ्गा नुहाएँ । अहाे ! दिव्य चाेला, फगतमा गुमाएँ ।। भयाे बृद्धकाया, बखत भाे मरणकाे । अनि याद आयाे, प्रभुकाे शरणकाे ।। म बुझ्दैछु बल्ल, झुठो रैछ सृष्टि । परें म चरणमा, प्रभु देऊ दृष्टि ।।                              ✍️ मुरामि