लघुकथा: कट्टरता
✍️ मुरारीराज मिश्र, “पख्नुस् ! तपाईंलाई मन्दिरभित्र जान दिन मिल्दैन ।” ढाेकामा सुरक्षार्थ खटिएको प्रहरीले विदेशीमूलकी जस्ती देखिने एक महिलालाई राेक्दै भने । प्रहरीकाे कुरा सुनेर मन्दिरकाे ढाेकाबाट भित्र पसिसकेकी एक महिलाले फर्केर प्रहरीलाई भनिन् “किन नमिल्ने ? उनी मेरी बुहारी हुन् ।” “उहाँ विदेशीमूलकाे ब्यक्ति भएको र मन्दिरमा हिन्दू धर्मावलम्बीले मात्रै प्रवेश पाउने भएकोले जान मिल्दैन” प्रहरीबाट जवाफ आयो । “तीन बर्ष पहिले उनी मेराे छाेरासंग जापानबाट आएकी हुन् । नेपाली हिन्दू परम्परा अनुसार बिहे भएपछि उनी नेपालमा हामीसँगै बस्दै आएकी छिन् । हामीले गर्दै आएको हरेक ब्रत, तीर्थ र कर्म गर्छिन् । छाेराले गर्ने मेरा दिवंगत पतिकाे श्राद्धमा पिण्ड पकाउँछिन् । यसरी हिन्दू धर्म परम्परा पूर्णरूपमा अपनाएपछि पनि मन्दिर जान नमिल्ने भन्ने हुन्छ र !” ती महिलाले बताइन् । याे घटना नियालिरहेका एक बृद्धले अघि सरेर प्रहरीलाई भने “बाबु ! हामीले जानी नजानी गर्ने यस्तै क्रियाकलापबाट धर्म व्यर्थै बदनाम हुन्छ । धर्म अपनाएपछि त उनले पनि मन्दिरमा जान पाउनुपर्यो नि ! नराेक्नुस् । समानता हुनुपर्ने मन्दिरमा यस्त...