Posts

Showing posts from July 9, 2017

हाइकू

रंग फेेर्नमा माहिर भयाे मान्छे हार्‍याे छेपाराे बुझ्दैन पीडा अचानाेकाे खुकुरी अाफन्त जस्तै व्याकुल मन नदी तट नियाल्दै प्रेम प्रतिक्षा जति नुहाअाेस् गधा हुन्छ र गाई बुझ न भाई माने ईश्वर नमाने मात्र ढुङ्गा अाफ्नाे बिश्वास सर्प झैँ भए हिजोआज मानिस दुईटा जिब्रो काेपिला झर्‍यो फक्रन नपाउँदै पापी भँवरा दाेषी रे फूल सम्मानित भँवरा हाम्रो समाज भुत्ते खुकुरी काट्न सक्दैन केहि तैपनि फूर्ति अा-अाफ्नाे काम काेहि पनि नजान्ने अरूकै जान्ने !! मुठी राेपेर फलाउनु छ मानाे असारे पर्व लौ लुट्नु लुट बिर्ता भो देश तिम्रै निरिह हामी कुकुर दाेश्राे कार्यकर्ता प्रथम 'बफादारी' मा !!! निन्द्रा नलागे प्यूरीकाे डस्ना पनि के काम लाग्छ ? रस सम्भाल भंवराकाे के भर चुस्छ हिंडछ बाेलीकाे राप मन-मुटु खरानी चिसाे सम्बन्ध नाम त्रिनेत्र जन्मै दृष्टिविहीन के छ नाममा ? मीठो बाेल्दैमा के जान्छ र हजुर तुच्छता किन ! निश्चल देह चितारुपी बिछ्याैना धुवाँकाे मुस्लो सह-अस्थित्व समर्पण र प्यार जीवनाधार घडीको सूई जति घुमेनी उही तेह्र बज्दैन नशालु

प्रेरक भनाई

"काम गर या नगर, कुरा काट्न - ढाँट्न र आत्मप्रशंशा गर्न जान, त्यो नै तिम्रो सबैभन्दा ठूलो "योग्यता" हो अहिलेको समयमा ! तिमीले कति काम गरेका छौ र गर्दैछौ त्यो कसैले पनि हेर्दैन वा नदेखेझैं गर्छन् । त्यसैले मेहेनती र ईमान्दार हुनु ब्यर्थ छ ।" - श्रमिक रामु ।